मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं. ७ का स्थानीय युवाहरुले शोकमा परेको गिरी परिवार आर्थिक सहयोग उपलब्ध गराएकाछन । मिक्लाजुङ–७ मा बसोबास गर्दै आउनु भएकी ७२ बर्षीय धनमाया गिरीको गएको कार्तिक ६ गते असमायिक निधन भएको थियो ।
परिवारको आर्थीक अवस्था कमजोर भएका कारण शोकमा परेको परिवार लाई केही मात्रामा भएपनी सहयोग पुगोस भनी स्थानीय युावहरुको सहयोगमा नगद रु ३३ हजार दुर्य सय ४५ रुपैया सहयोग गरेको युवा सुरेन्द थापाले बताउनु भयो । आज गिरी परिवारको घरैमा गएर मिक्लाजुङ गाउँपालिका वार्ड नं. ७ का वडा अध्यक्ष सुशिलराज चौहान र स्थानिय युवाहरुले सो सहयोग रकम प्रदान गरेका थिए










