नेपाल प्रहरीका पुर्व डिआईजी तथा प्रतिनिधि सभाकालागी ललितपुर १ बाट एमाले उम्मेदवार नवराज सिलवालले राज्यले नै आफुलाई राजनितीमा होम्न बाध्य पारेको बताएका छन ।
एबीसि टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा सिलवालले राजिनामापछि आफु कोलम्बिया युनिभर्सिटीमा प्राध्यापनकालागी जान तयारी गरि रहेको अवस्थामा राज्यले समयमै राजीनामा स्विकृत नगर्दा आफ्नो बाटो मोडिएको बताएका हुन ।
हो राज्यले म माथि अन्याय नगरेको भए म अहिले निर्वाचनको सुरक्षामा केन्द्रित भएको हुन्थे तर न्याय त दिएन राजिनामा पनि समयमै स्विकृत नगर्दा आर्को अन्याय गर्यो र अहिले म निर्वाचनको मैदानमा छु उनले भने ।
उनले आफुले दोस्रो पटक दिएको राजीनामा स्विकृत भएको बताएका छन । पहिले दिएको राजिनामा गृह मन्त्रालयका एक अधिकारीले लुकाई दिए ।मन्त्रीले पटक पटक माग्दा पनि अन्तिममा हरायो भनेर जवाफ दिए फेरि दोस्रो पटक सोजmै गृहमन्त्रीलाई नै राजीनामा बुजmाएर स्विकृत भएको उनले खुलासा गरे । आखिर राज्यले मेरो राजीनामा स्विकृत नगरेर के गर्न खोजेको थियो आगामी दिनमा यस विषयमा खुलासा हुदै जाने दाबी समेत गरे ।
उनले अब आफु देशभर तथा विदेशमा रहेका नेपालीहरुका पक्षमा अवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन । म अन्यायमा परेकाहरुलाई न्याय दिन बांकि समय खर्च गर्छु त्यो खाडिमा अन्यायमा परेको नेपाली किन नहोस म उसको आवाज बन्ने छु मेरो मिसन नै अब अन्यायका विरुद्धलड्ने हुने छ सिलवालले भने ।









