सवालनेपाल डेक्स
दमक / झापाको क्षेत्र नं. ५ अहिले सबैको हेराइको बिषय रहेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यस क्षेत्रबाट निर्वाचन उठ्दैछन् । उनलाइ निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ ।

यो पटक क्षेत्र निर्धारण हुदा साविक ६ नम्बर पनि गाभिएको छ । दुबै क्षेत्रमा अघिल्लो संबिधानसभा निर्वाचनमा एमालेले जितेको थियो । साविक ६ बाट दिपक कार्की र ७ बाट ओलीले बिजय हासिल गर्नु भएको थियो ।

अहिले स्थानीय तहको निर्वाचनमा मिश्रीत परिणाम रहेको छ । एमाले, काँग्रेस र राप्रपाले स्थानीय तहहरु जितेकाछन् । दमक एमाले, गौरादह काँग्रेस र गौरीगन्ज राप्रपाले जितेको हो । कमल गाँउपालिका बराबरी भएपछि चिठ्ठा तान्दा एमालेले जित्यो ।

ओलीको निर्वाचन हाक्नका लागि एमालेका नेता तथा ओलीका सचिबालयका राजनीतिक प्रमुख देवराज घिमिरे दमकमा नै रहेकाछन् । यसैगरी नेकपा एमालेका जिल्ला नेता होमबहादुर थापाको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति बनेर काम शुरु भएको छ ।

यसमा साहयक जिम्मेवारीमा माओबादी केन्द्रका नेता गगन पुरी र राप्रपाका नेता बिजय बराल पनि रहेकाछन् । राप्रपा सहितको बाम गठबन्धन भएकाले तीनवटै पार्टीका स्थानीय शिर्ष नेताहरु ओलीका लागि मत मागिरहेकाछन् ।

जिल्ला, क्षेत्र, नगर र गाँउ तहका तीनवटै पार्टीका नेतृत्वकर्ताहरु मूल समितिमा रहेर काम गर्न थालेकाछन् । भावि प्रधानमन्त्री ओली भएको भन्दै उत्साहित भएर मत माग्न शुरु गरेको पाइन्छ ।

यसका साथै पूर्व साँसद दिपक कार्की, एमाले नेता हिक्मत कार्की जो आफै पनि प्रदेशसभाको उम्मेदवार रहेकाछन् उनि पनि लागेकाछन् । निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका र गाँउपालिकाका जनप्रतिनिधिहरु पनि भूमिकामा देखिएकाछन् ।

ओली प्रधानमन्त्री हुदा सचिबालयमा रहेर जिम्मेवारी वहन गरेका देबेन्द्र दाहाल, इन्द्र भण्डारी पनि अहिले क्षेत्रमा चुनावी अभियानमा सक्रिय रहेकाछन् । पार्टीका जनबर्गिय संगठनहरु पनि परिचालित भएको नेकपा एमालेका कार्यालय सचिव समेत रहेका जिल्ला सदस्य शिव ढुंगेल बताउछन् ।

युवा संघका केन्द्रिय उपाध्यक्ष गोबिन्द थापा ३ महिना अघिदेखि नै चुनावी लक्षित गरेर अन्य पार्टीका युवा तथा कार्यकर्ताहरुलाइ पार्टीमा ल्याउनलाइ कसरत गरिरहेकाछन् ।

यसैगरी झापा र यहि निर्वाचन क्षेत्रका स्थायी बासिन्दा रञ्जित तामाङ पनि ओलीको अभियानमा सामेल हुदैछन् । अनेरास्वबियू र अखिल क्रान्तिकारीले संयुक्त रुपमा निर्णय गरेर नै तामाङलाइ ओली जिताउने जिम्मा दिएको छ ।

क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार अनेरास्वबियूकी अध्यक्ष नबिना लामा प्रचण्डलाइ जिताउन चितवन र ओलीलाइ जिताउन तामाङ खटिने निर्णय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah