काठमाडौं । कान्तिपुर टेलिभिजनमा विवादित अन्तर्वार्ता दिएर चर्चामा आएकी कञ्चन शर्मा रेग्मीबारे अनेकन प्रतिक्रियाहरु आइरहेका छन् ।

यसैक्रममा नयाँ शक्ति नेपालकी नेतृ एवं नायिका कारिश्मा मानन्धरले कञ्चनको पक्षमा प्रतिक्रिया दिएकी छन् । उनले कञ्चन पीडित हुनुमा परिवार दोषी भएको बताएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनका पतिको स्पष्टिकरण र उनलाई उद्दार गर्ने असली पात्र चन्दा थापाको सप्रमाण वयानपछि उनी गलत रहेको पुष्टि भइसकेका बेला करिश्माले कञ्चनका लागि सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेकी छन् ।

अमेरिकामा हिलारी क्लिन्टनको पराजय र कन्चनप्रति नेपाली समाजको धारणा नकारात्मक हुनु एउटै कारण भएको तर्क गर्दै करिश्माले लेखेकी छन्– ‘हामीले जतिसुकै महिलाको हक अधिकारको र महिला सशक्तिकरणको कुरा उठाएपनि अझ पनि यो पुरुष सत्तात्मक समाज नै हो । विकसित देशमा पनि त्यहि देखिन्छ, हिलारी क्लिन्टनको पराजय त्यसको उदाहरण हो ।’

कञ्चनका पतिलाई दोषी देखाउँदै करिश्माले अगाडि भनेकी छन्– ‘यस्तो अवस्थामा सायद भावनात्मक रुपमा साथ दिएको भए, माया दिएको भए, आज यो स्थितीमा हुँदैन थिइन् । परिवार र आफन्तले नै दुत्कारेपछि सायद उनी डिप्रेसनमा गइन् होला ।’

कन्चनलाई वेवास्ता गरिएकोमा आक्रोश पोख्दै उनले लेखेकी छन्– ‘घरमा पालेको जनावरलाई त हामी यतिकै छोडन सक्दैनौ । अनि कमसेकम परिवारका कसैले त केही कोसिस गर्नु पर्थ्यो होला जस्तो लाग्छ ..’

कञ्चन अहिले पनि सहि मनस्थितिमा नभएको भन्दै करिश्माले उनलाई आरोप प्रतिआरोप नगर्न आग्रह गरेकी छन् । ‘उसलाई गलत सबित गरेर हामी ले के पाउछौ र सके सहयोग गरौं नसके शान्ति संग बस्न दिउँ,’ उनले भनेकी छन् ।

दैनिक नेपाल  बाट सभार गरिएको ।