२३ कार्तिक । संघीय समाजवादी फोरम, नेपाल दमक नगर समितिले आज बिहीबार देखि वडा समिति गठन तथा पार्टी विस्तार अभियान सुरु गरेको छ ।

आगामि मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा वडा समितिहरुको गठनमा तिव्रता दिएको छ । आज सम्पन्न दमक वडा नं. १ मा पार्टी कार्यकर्ता भेटघाट तथा वडा समिति गठन कार्यक्रमले रिता तुम्रोकको अध्यक्षतामा ११ सदस्य वडा कार्य समिति गठन गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै उपाध्यक्षमा प्रसाद श्रेष्ठ, सचिव विनोद मगर, सह–सचिवमा मन कुमार बि.क., कोषाध्यक्षमा भिमा लावती, सदस्यहरुमा डम्वर लावती, कल्पाना लिम्बु, कुष्ण गुरुङ्ग, सन्त कुमार राई, जस बहादुर वि.क. र नरमाया लावती रहेका छन् ।

कार्यक्रममा ससफो नेपालका केन्द्रीय नेता प्रविण चाम्लिङ्ग, झापा जिल्ला अध्यक्ष धिरेन लावती, जिल्ला सचिव तथा झापा क्षेत्र नं. ५ ‘ख’ प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार सुशिल कुमार राई, नगर अध्यक्ष बासुदेव राई, समाजवादी विद्यार्थी नेता सुनिल राई लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै गरि आज नै दमक नगर वडा नं. ४ मा पनि आदेश बहादुर सुनुवारको अध्यक्षतामा १३ सदस्य वडा समिति गठन गरेको छ । उपाध्यक्षमा मन्त्रि धिमाल, सचिव कल्पना राई, सह–सचिव लोक बहादुर धिमाल, कोषाध्यक्ष चन्द्रकला राई, सदस्यहरुमा गणेश नेपाली, शान्तिला राई, दिपा मगर, मान बहादुर बि.क., देविका लिम्बु, मञ्जु धिमाल, चन्द्रकला लिम्बु र आइतहाङ लिम्बु रहेका छन् ।

नयाँ संरचनामा आधारित दमकका १० वटै वडाहरुमा चुनाव अघिनै कति वडामा गठन तथा कति वडाहरुमा पुर्नगठन गरिसक्ने दमक नगर अध्यक्ष बासुदेव राईले बताउनुभयो ।