बिष्णुप्रसाद पोखरेल दमक/ झापाको दमक सहित आसापासका सबै नगरपालिका र गाँउपालिकाहरु लोडसेडिङमुक्त भएकाछन् । यो गफ र हावादारी कुरा नभएर साच्चिकै लोडसेडिङमुक्त भएको बिद्यूत प्राधिकरण दमक बितरण केन्द्रले बताएको छ ।

यस बितरण केन्द्र अन्र्तगत ७२ हजार मिटर जडान भएको र अब कहि पनि बिजूली नजाने प्राधिकरणका प्रमुख राजिब सिंहले बताए । उनका अनुसार अपवाद तथा प्राविधिक समस्या बाहेक बिद्यूतको कमीका कारण लोडसेडिङ कुनै पनि हालतमा हुने छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्ण रुपमा ट्रान्सफरमरहरुको क्षमता बिकाससंगै आवश्यक बिद्यूतको जोह समेत भइसकेको उनको दाबी रहेको छ । अहिलेको आवश्यकता अनुसार ३२ मेगावट बिद्यूत यहाँ भए प्रशस्त पुग्छ ।

तर दमक बितरण केन्द्रमा त्यो भन्दा बढि मेगावट बिजूलीको ब्यवस्थापन भइसकेको छ । अब ५ बर्षसम्म ढुक्क हुने अवस्था रहेको बताउदै उनले यस बितरण केन्द्र अन्र्तगतका सबै क्षेत्र लोडसेडिङमुक्त भएको जानकारी दिए ।

https://www.youtube.com/watch?v=rxZ6wyG7bhI