बिष्णुप्रसाद पोखरेल
दमक /दमकको अब्यवस्थित बसोबास तथा भूमि समस्या सामधानका लागि अम्बिका खनालको अध्यक्षतामा भूमि ब्यवस्थापन आयोग बनेको छ । नगरपालिकाले जनप्रतिनिधिका सयदिन सार्वजनिक गर्ने क्रममा यो सार्वजनिक गरेको हो ।

६ महिनाभित्रमा दमकको अब्यवस्थित बसोबास तथा भूमि समस्या सामधानका लागि आयोगले ठोस राय तथा सुझाव पेस गर्नेछ । आयोगले चाँडै काम थालनी गर्ने पत्रकार सम्मेलनमा बताईयो । आयोगका अध्यक्ष खनाल दमकका राजनीतिक तथा सामाजिक अगुवा हुन् ।

खनालको अध्यक्षतामा बनेको आयोगमा सम्बन्धित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु स्वत पदेन सदस्य रहने ब्यवस्था गरिएको पनि बताईएको छ । नगरपालिकाले आवश्यकता अनुसार केहि सदस्यहरु थप्ने बताइन्छ ।

स्पष्ट कार्यदिशा र कार्यबिधि बनाएर आयोगलाइ जिम्मेवारी प्रदान गरिने नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बताएकीछन् । सुझाव सहितको आयोगको प्रतिबेदन प्राप्त भएको छ महिनाभित्रमा समस्या सामधान हुने अधिकारीको भनाइ छ ।

आफूले जनप्रतिनिधिको कार्यभार सम्हालेपछि दमक नगर प्रमुख रोमनाथ ओलीले नगरबासीले भोग्दै आएको अब्यवस्थित बसोबास तथा भूमि समस्या सामधान गर्ने काम तत्काल गर्ने बताएका थिए । दमकमा अब्यवस्थित बसोबास तथा भूमि समस्याका कारण सयौ नगरबासीले समस्या झेल्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah