बिष्णुप्रसाद पोखरेल दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सामाजिक सुरक्षा भत्ता १० हजार बनाएरमात्र बिश्राम लिने बताएकाछन् ।
उनले अब निर्वाचनपछि मूलकलाइ युगान्तकारी परिवर्तन गराउदै बिकासको आधिबेरी सिर्जना गर्ने जनाउदै चुनाव लगत्तै आफूहरुको नेतृत्वमा सरकार बन्ने र ५ हजार सामाजिक सुरक्षा भत्ता बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
झापाको तोपगाछीमा शनिबार अपरान्ह कोणसभालाइ सम्बोधन गर्दै ओलीले भने–‘९ महिना सरकार चलाउदा कसरी बिकास गर्नुपर्छ र शिर ठाडो गरेर बिश्वसामु बाँच्न सकिन्छ भनेर प्रमाणित गरेको यहाँहरुलाइ थाहा नै छ ।’
ओली यस क्षेत्रका जनताले आफूलाइ जिताएर पठाएकाले नै आफूले रेलमार्ग, पूर्व पश्चिम राजमार्गलाइ बढाएर फराकिलो बनाउने योजनाहरु ल्याएको उल्लेख गर्दै त्यो अब आफै पुरा गर्ने पनि बताए ।
ओलीले क्षेत्रबासीप्रति सम्मान दर्शाउदै भने–‘म यहाँका नागरिकहरुलाइ नमन गर्न चाहान्छु, सेल्युट गर्न चाहान्छु जसका कारण मैले नेपाल र नेपालीको शिर ठाडो बनाउने कामको नेतृत्व गर्ने अवसर पाए ।’
ओलीले यस क्षेत्रका प्रदेशसभा सदस्यका उम्मेदवार हिक्मत कार्की र अर्जुन राइसंगै आफूलाइ अधिकत मतले जिताउन आग्रह गरे । आफूले यस क्षेत्रका जनताको मात्र नभएर देशको नै शिर ठाडो पार्ने जनाए ।
उनले सामाजिक सुरक्षाको बिषयमा बारम्बार काँग्रेसले आपत्ती जनाएको भन्दै अब गठबन्धनको सरकारले बहुमत ल्याएर स्थिर सरकार चलाउने र सामाजिक सुरक्षाभत्ता १० हजार पुर्याउने अवधिसम्म नेतृत्व गर्ने जिकिर गरे ।
उनले नेपालमै रोजगार, यहि राम्रो शिक्षादिक्षाको प्रवन्ध मिलाउने भन्दै अहिलेका युवाहरुले अशक्त अवस्थामा कम्तिमा १० हजार सामाजिक सुरक्षा भत्ता पाउने उल्लेख गरे । त्यो आफ्नै पालमा र आफ्नै नेतृत्वमा हुने दाबी पनि गरे ।
उनले यत्रो पैसा कहाँबाट ल्याउला भनेर आलोचना गर्न सक्ने भन्दै त्यसको पनि जवाफ दिएकाछन् । असम्भव भन्ने केहि नहुने भन्दै पहिला पनि त्यस्तै आलोचना भएको र १० हजार पुर्याउने जिम्मा आफ्नो भएको भन्दै अरुलाइ टाउको नदुखाउनका लागि आग्रह गरे ।लामो समय बारम्बार काँग्रेसलाइ बहुमत दिएका कारण मुलकका कलकारखानाहरु सबै बिक्रि भएको, उपलब्धिहरु राजसंस्थालाइ बुझाएको उदाहरण दिदै अब जनताले गठबन्धन बाहेक कसैलाइ मतदान नगर्नेमा आफू बिश्वस्थ रहेको जनाए ।










