नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नंं ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार हिक्मत कार्कीले बर्षौदेखि गौरादह तथा साविक महारानीझोडा क्षेत्रको जग्गा भएर पनि सुकुम्बासी बन्नु पर्ने समस्या सामधानका लागि आफू भगिरथ प्रयत्न गर्ने बताएकाछन् ।
कार्कीले ५ बर्ष अगावै र कम्तिमा पनि ५ बर्षभित्रमा यो समस्या सामधान गरेर छाड्ने भन्दै यस्तो बताएकाहुन् । उनले आफूलाइ यो पटक बिजय गराउन आग्रह गर्दै यो प्रतिबद्धता पुरा नभए अर्को पटक फेरी मत माग्दै नआउने जनाए ।
उनले महारानीझोड, कोहवराको खोला कटानले पारेको समस्या सामधान गर्ने पनि जनाए । उनले एक नम्बर प्रदेशको नमुना क्षेत्रको रुपमा यो क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।










