यौन प्राणीको प्राकृतिक आवश्यकता हो । यसको चाहना सबैलाई हुन्छ । तर चाहना हुँदाहुँदै कतिपय पुरुषहरूमा यौन क्षमतामा कमी हुन्छ । जसको कारणले भियाग्रा जस्ता औषधीको प्रयोग गर्नुपर्ने स्थिति पनि देखिन्छ । तर त्यसले पछि गएर नकारात्मक असर पार्ने डाक्टरहरु बताउँछन् ।

यौन दुर्बलता भएकाहरुले भियाग्रा खाइरहनु पर्दैन । यौन क्षमता बढाउने घरेलु औषधीहरु प्रसस्तै रहेका छन ।

गाजर

प्राय सम्पूर्ण मानिसहरूले गाजरको प्रयोग गरि नै रहेका हुन्छन् । तर पनि यसको विशेषता बारे धेरैलाई थाहा नहुन पनि सक्छ । गाजरमा हुने भिटामिन ‘ए’ ले धेरै नै शक्ति प्रदान गर्दछ ।

गाजरले पुरुषहरूमा यौन क्षमतामा पनि त्यही अनुपातमा वृद्धि गराउँछ । भिटामिन र सेक्समा निकै नै गहिरो सम्बन्ध रहेको हुन्छ । भिटामिनले पुरुषको शुक्राणु निर्माणमा तथा कामशक्ति बढाउन विशेष सहयोग पुर्याउंछ । विशेष गरी गाजरमा रहेको भिटामिनले यो कार्य गर्दछ ।

लसुन

लसुनमा हुने पौष्टिक तत्वले रगत सर्कुलेसनमा मद्दत पुर्याउँछ । यसले रगतलाई अझै तिव्र बनाउने हुनाले सेक्स पावरमा पनि वृद्धि गर्दछ ।

भिंडी

भिटामिन सि ले भरिपूर्ण भिंडीको नियमित सेवनले तपाईको सेक्स पावरमा एकदमै महत्वपूर्ण भूमिका खेल्दछ । जिङ्कको कमिले हुने यौन उत्तेजनमा कमिलाई यसको सेवनले परिपूर्ति गर्दछ । भिंडीको सेवनले थकान कमजोरी आदि समस्याको समाधान हुन्छ ।

प्याज

लसुन जस्तै प्याजमा पनि पौष्टिक तत्व हुने हुनाले लसुनले जस्तै गरी यसले पनि सेक्स पावर बढाउन मद्दत पुर्याउंछ ।

गोलभेडा

गोलभेडामा हुने लियोपिनले पुरुषको कामशक्ति बढाउनुको साथै यौन उत्तेजनामा हुने समस्याको समाधान गर्दछ । साथै पुरुषमा हुने प्रोस्टेन क्यान्सर पनि गोलभेडाको नियमित सेवनले निको पार्दछ ।

१. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
२. हरेक समय पेट सफा राख्नुस् ।
३. किसमिस र ओखर खानुस ।
४. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
५. हरेक दिन बिहान १० मिनेटछ ध्यान गर्नुस् ।
६. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
७. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
८. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
९. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ । एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय