बिष्ष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक स्थित त्रिवेणी गेष्ट हाउमा हत्या भएका राजेश मल्लिकको हत्यारा पत्ता लगाउन र अपराध अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिशेष टोली बनाएको बताएको छ । हत्याको बिषयमा अनुसन्धान गर्नका लागि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली समेत दमकमा आएर काम गरिरहेको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुुुसार प्रहरी निरिक्षकको नेतृत्वमा ५ जनाको बिशेष टोली बनाएर अपराधि खोज्ने काम देखि लिएर अपराध अनुसन्धानसम्मको जिम्मेवारी दिइएको छ । उक्त टोलीलाइ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालबाट पनि बेग्लै टोली खटिएकै छ ।
गिरीले आफूहरु हत्यारा नजिक पुगिसकेको पनि बताएकाछन् । अपराध कार्य गराउने ब्याक्ति पहिचान नजिक पुगेको बताउदै अपराधि पत्ता लगाएर चाडै सार्वजनिक गरिने छ । हत्यारा पत्ता लगाउनका लागि आफूहरुले पहिलो दिन नै तालिम प्राप्त कुकुर समेत ल्याएको जनाउदै अनुसन्धनमा केहि कमी हुन नदिने जनाए ।
श्रोतका अनुसार हत्या चिनजान र नजिककै मान्छेबाट भएको हुनसक्ने तर्फ पनि अनुसन्धान केन्द्रित भएको छ । घटना प्रकृतीहरुले केहि नजिकका मान्छेहरुप्रति आँशका अनुसन्धानमा संलग्नहरुले गरेको श्रोतको भनाइ छ ।
मल्लिक हत्यापछि दमकका बिभिन्न संघसंस्था, बिद्यार्थीहरुले तत्काल हत्यारा पत्ता लगाउन प्रहरीलाइ दबाब दिएकाछन् । उनिहरुले प्रेस बक्तब्य निकाल्दै दबाब दिदै आएकाछन् । मल्लिक दमक स्थित हिमालय माबिमा कक्षा १२ मा अध्यनरत थिए ।



