नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहारमाथि भएको छ । भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो ।

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका सचिव मकर खड्काले जानकारी दिए ।पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेको राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।