सवालनेपाल डेक्स दमक/झापाको दमकको मुख्य चोकमा रहेको त्रिवेणी गेष्ट हाउसमा हत्या भएका राजेश मल्लिकको मुख्य हत्यारालाइ प्रहरीले पहिचान गरिसकेको जनाएको छ । आवश्यक प्रमाण जुटाउने र को को संलग्न रहेका थिए भन्ने पत्ता लगाउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।

https://www.youtube.com/watch?v=FZ9YWJSSzMY&t=25s

शनिबार रहस्यमहत्या भएका मल्लिकको हत्या चिनजान र नजिकको मान्छेबाट नै भएको प्रहरीले निष्कर्ष निकाल्दै अनुसन्धान गरेको श्रोतको भनाइ रहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मुख्य योजनाकार सहितका अपराधिको पहिचान भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अभियुक्त फरार रहेकाले पक्राउ नगरेसम्म नाम सार्वजनिक नगरिएको प्रहरी श्रोतले बताएको छ । नाम सार्वजनिक गर्दा अन्य सहयोगि तथा मतियार कोहि भए भाग्ने भएकाले नाम सार्वजनिक नगरिएको र मुख्य अभियुक्तलाइ खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=vUbRzch40v4

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने–‘हामी अभियुक्त नजिक पुगिसकेका छौ, अब सार्वजनिक गर्न लामो समय लाग्दैन ।’ प्रहरीले हत्या भएका मल्लिकका नजिकका साथीहरु देखि लिएर परिवारका नाता पर्ने ब्याक्तिहरुसम्मलाइ ल्याएर सोधपुछ गरेको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले हत्याराले कुनै पनि हालमा उन्मुक्ति पाउने छैन । प्रहरीले बिशेष टोली बनाएर नै घटनाको अनुसन्धान गरेको जनाउदै केहि समय धैर्य गर्न आग्रह गरे ।

उनले अहिले अनुसन्धानमा नै रहेकाले कतिपय बिषय सार्वजनिक गर्दा अभियुक्तहरु भाग्ने र प्रमाण नष्ट गर्ने भन्दै एकदूइ दिनभित्रै यो बिषय बाहिर आउने जनाए । उनले घटनाको अनुसन्धानमा कुनै पनि कमीकमजोरी नहुने प्रतिबद्धता जनाए ।

मल्लिकको घरमा नै पुगेर पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधि पत्ता लगाउनका लागि प्रशासनलाइ आग्रह गरेका थिए । यो हत्या अहिले सबैको चासोको बिषय बनेको छ ।

https://www.youtube.com/watch?v=eJGb5yC5r2g&t=4s