दमक/सतविउ छर्न पुर्वको चर्चित धार्मिक क्षेत्र अर्जुनधाराधम जानेक्रममा माइक्रोको ठक्करबाट झापा दमक ३ का एक दम्पतीको मृत्युभएको छ ।
पुर्वपश्चिम राजमार्गको कनकाई नगरपालिका १ जुके कल्र्भट भन्ने स्थानमा शुक्रवार करिव साढे आठवजे पश्चिमबाट पुर्वतर्फजादै गरेको मे १ प ९८९९ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको बा ३ ख ५८८७ नम्बरको यात्रुवाहक माइक्रोले ठक्कर दिदाँ दम्पतीको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार दम्पती दमक नगरपालिका ३ निवासी ५३ वर्षिय रङ्गलाल ढकाल र उनकी श्रीमती ५२ वर्षिय मनमाया ढकाल रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक प्रदिपसिंह क्षेत्रीले जनाए ।
ठक्कर दिने वस र चाललकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिकामा पर्ने यस क्षेत्रका सुरुङ्गा , दुर्गापुर सडकखण्ड अत्याधिक दुर्घटनाग्रस्त क्षेत्र मानिदै आएको छ ।



