दमकमा आज शनिबार पूर्व प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दमक आउदैछन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ पनि आउदैछन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार कार्यक्रम स्थलदेखि लिएर भिआइपिहरु आउने रुटहरुमा कडा सुरक्षा ब्यवस्था मिलाइएको छ । यहाँ कुनै पनि सुरक्षा कमी हुने अवस्था छैन ।

शुक्रबार अबेरसम्म प्रशासनिक निकायका प्रमुखहरु, आयोजक, लगायतका सरोकारवाला निकायहरुले सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउने बिषयमा छलफल गरेको सुरक्षा श्रोतले बताएको छ ।

दमक चोक गोरखा डिर्पाटमेन्ट स्टोर अगाडि बृहत आमसभा कार्यक्रमको तयारी पुरा भएको निर्वाचन परिचालम समिति झापा क्षेत्र नं. ५ का संयोजक होमबहादुर थापाले जानकारी दिएकाछन् ।

राप्रपा सहितको बाम गठबन्धनका लागि मत माग्नका लागि एकैसाथ शिर्ष नेताहरु झापा आउदैछन् । यसलाइ महत्वका साथ हेरिएको छ । राजनीतिक दलहरुले यस आमसभालाइ शक्ति प्रदर्शनको रुपमा समेत लिएकाछन् ।

ओलीको गृह नगर भएकाले यो क्षेत्रमा प्रचण्ड पाउना बन्नेछन् । ओलीले प्रचण्डलाइ स्वागत गर्नेछन् । प्रचण्डले मन खुलाएर ओलीलाइ जिताउन आग्रह गर्दै मत माग्नेछन् ।

ओली र प्रचण्डसंगै चर्चित गायक बद्रि पंगेनी, लोकगायिक कोमल वली, चर्चित हास्य कलाकार विल्सन बिक्रम राइ, राजा राजेन्द्र लगायतका कलाकारहरु पनि आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah