बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा शनिबार यहाँका राप्रपा सहितको बाम गठबन्धनले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भब्य स्वागत गरेकाछन् । ओली र दाहालका स्वागतमा हजारौ सहभागि भएकाछन् ।
कडा सुरक्षाकाबीच दमक चोकमा भएको बृहत चुनावीसभामा ओली र दाहालले पार्टी भावानात्मक रुपमा एक भइसकेको बताउदै यसमा कसैलाइ पनि द्विबिधा नपाल्न आग्रह गरे । उनिहरुले भने–, अब दूइ पार्टी अब एक भयोभयो, मूलक अब अघि बढ्यो बढ्यो यो कसैले रोकेर र छेकेर छिकन सक्दैन ।
दुबैजनाले अहिले बाम गठबन्धन सफल नहोस भनेर निर्वाचन हुन नदिने षडयन्त्र भइरहेको भन्दै त्यसलाइ परास्त गर्ने उद्घोष गरे । अझ प्रचण्डले आक्रमक रुपमा भने–‘इन्द्रको बाउ चन्द्रे आएपनि अब निर्वाचन रोकिन्न ।’
ओलीभन्दा बढि आमसभामा प्रचण्ड खुलेर बोलेका थिए । प्रचण्डले अब पार्टी एकता नहुदा दुबै नेताको भविश्य समाप्त हुने र जनताका अगाडि आउन नसक्ने अवस्था हुन भन्दै यो बिषय आफूहरुलाई राम्ररी थाहा भएको जनाए ।
उनले मदन भण्डारी हुदा नै यो प्रयास हुन लागेपनि त्यो असम्भव भएको र अहिले ओलीजस्तो जोखिम मोल्ने नेता पाएकाले सम्भव भएको जनाए ।
प्रचण्डले ओलीको जित यहाँ भइसकेपनि धेरै फराकिलो मतान्तर हेर्न चाहेको भन्दै अब मूलकको नेतृत्व गर्ने ब्याक्ति भएकाले त्यो अनुसारको मत दिन आग्रह गरे ।
ओलीको गृह नगर आएको प्रचण्ड आमसभामा उपस्थिती देखेर निक्कै खुसि देखिन्थे । दुबैजना नेता बारम्बार कानेखुसि गरेजसरी बोलिरहेका थिए ।
निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का संयोजक होमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पनि बोलेका थिए ।



