बिष्णुप्रसाद पोखरेल/दमक

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री रहेका झापा क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले झापाबाट नै पूर्व पश्चिम रेलमार्ग र पूर्व पश्चिम राजमार्ग ६ लेनको बन्न शुरु गर्ने घोषणा गरेकाछन् ।

उनले दूइ महिनाभित्रमा बामपन्थि सरकार बन्ने घोषणा पनि गरे । चुनावपछि दूइ पार्टी एक हुने स्थायित्व र स्थिर बामपन्थि सरकार बन्ने जनाए । ओलीले अहिले दमक लगायत आफ्नो क्षेत्रमा निर्माणाधिन रहेका योजनाहरु पुरा गराइ छाड्ने पनि बताएकाछन् ।

उनले औधोगिक पार्क र सभाहल निर्माणको काम शुरु भइसकेको जनाए । बौद्धमूर्ति लगायतका अन्य योजनाहरु पनि अब चाँडै शुरु हुने बताए । नयाँ बिकासको लहर र सम्बृद्धिको सपना पुरा गर्न बाम गठबन्धन भएको भन्दै यसमा ढुक्क हुन ओलीले आग्रह गरे ।

आफूलाइ बिकासका कुरा गर्दा हावाकुरा भनेर उडाउनेहरुलाइ अब काम गरेर देखाउने ओलीले जनाए । आफू केहि नगर्ने र गर्न नसक्ने भएकाले अरुलाइ पनि त्यस्तै ठान्ने काँग्रेसको पछि नलाग्न उनले काँग्रेस कार्यकर्ताहरुलाइ पनि आग्रह गरेका थिए ।

शनिबार दमक चोकमा भएको चुनावी सभामा बोल्दै आफूले ९ महिना सरकारका पालामा ल्याएका योजनाहरु अब बामपन्थि सरकार बनेपछि धमाधम अघि बढाउने बाचा पनि ओलीले गरे ।

ओलीले निर्वाचन भाँडनका लागि, निर्वाचनलाइ प्रभावित पार्नका लागि खेल भइरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाइ त्यस्तो आफूहरुलाइ मान्य नहुने चेतावनी दिए । उनले सुरक्षाकर्मीहरुलाइ पनि त्यस्तोमा साथ नदिन सचेत गराए ।

पार्टी एकता अब कसैले रोक्न सक्ने बिन्दुमा नरहेको भन्दै कतै अझै शंका भए त्यो फ्याक्न उनले अनुरोध गरे । उनले भने, अब पार्टी एकता त भयोभयो, बिकासका लहर पनि आयोआयो । उनले अब मिलेर मूलकलाइ सम्बृद्ध बनाउने, जनतालाइ सुखि बनाउने बाचा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah