बिष्णुप्रसाद पोखरेल/दमक

नेपाल बिद्यूत प्राधिकरण दमक बितरण केन्द्रले आफ्ना क्षेत्रलाइ लोडसेडिङमुक्त बनाएको घोषणासंगै बिद्यूत महसुल अनलाइन भुक्तानी सेवा पनि शुरु गरेको जानकारी दिएको छ ।

दमक बितरण केन्द्रसंगै अनलाइनको पहुँच भएका झापाका सबै उपभोक्ताहरुले घरमा नै बसेर बिद्यूत महसुल बुझाउन सक्ने पनि बताईएको छ ।

बिद्यूत प्राधिकरण दमक बितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार ग्राहक बढ्दै जाँदा प्राधिकरणमा बिद्यूत महसुल बुझाउन आउनेको संख्या थामिनसक्नु भएको अवस्थामा यसले भुक्तानी प्रकृयालाइ सहज पुर्याउने लक्ष्य रहेको छ । यस सेवाबाट ७३ हजार ग्राहक लाभान्वित हुने अपेक्षा रहेको पनि उहाँले बताउनु भयो ।

पूर्वाञ्चलको सबैभन्दा धेरै उपभोक्ता संख्या रहेको यस केन्द्र अन्र्तगत रहेको मोरङको उर्लाबारी बितरण केन्द्रमा पनि ३२ हजार ग्राहक रहेको र त्यहाँबाट पनि यो सुबिधा शुरु भएको बताईएको छ ।

सिंहले भन्नुभयो–‘अब इन्टरनेट पहुंच भएका ग्राहकहरु प्राधिकरणमा आइरहनु पर्दैन र घरमा न बसिबसि बिद्यूत महसुल बुझाउन सक्नुहुनेछ ।’

शहरी क्षेत्रका उपभोक्ताहरु बढि लाभान्वित हुने प्राधिकरणको अपेक्षा रहेको जनाईएको छ । सिंहका अनुसार ग्राहक नम्बर, परिचयपत्र नम्बर र वितरण केन्द्र नम्बर राखी फारम भरेर तिरिएको महसुल सिघै प्राधिकरणको बैंक खातामा जम्मा हुने छ ।

यस बिषयमा उपभोक्ताहरुलाइ जानकारी दिएर तिर्ने तरिकाहरु समेत सिकाउने योजना रहेको सिंहले जानकारी दिनु भयो । आइतवारदेखि दमकका साथै बिर्तामोड र भद्रपुर बितरण केन्द्रबाट नै यो सेवा शुरु भएपछि झापाभर यो लागु भएको बताइन्छ ।

लोडसेडिङमुक्त दमकयसैबीच दमक बिद्यूत प्राधिरकणले आफू मातहतका ग्राहकहरुको घरमा अब लोडसेडिङका कारण बत्ति नजाने अवस्था आएको बताएको छ ।

प्राधिकरण प्रमुख सिंहले यस क्षेत्र लोडसेडिङमुक्त नै बनिसकेको हो । पर्याप्त मात्रामा बिजूली रहेको र अपवाद बाहेक बिजुली नकाटिने उहाँले बताउनु भयो । सिंहले भन्नुभयो–‘हाम्रो बितरण केन्द्र लोडसेडिङमुक्त भयो, अब बिद्यूत समस्या छैन ।’

झापाको दमक, गौरादह, कमल गाँउपालिका, मोरङको उर्लाबारी लगायत आसपासको क्षेत्रको बिद्यूत समस्या हल भएको जनाउदै संकटग्रस्त अवस्थामा रहेका बिद्यूत खम्बाहरु फेर्ने काम भइरहेको सिंहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah