बिष्णुप्रसाद पोखरेल/दमक
झापाका सम्पूर्ण होटल तथा गेष्ट हाउस सञ्चालकहरुले निर्वाचनलाइ लक्षित गरेर ल्याइने सबै प्रकारका सुरक्षा योजनाहरुमा आफूहरुको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएकाछन् । निर्वाचनलाइ भयरहित बनाउन आफूहरुबाट सक्ने सबै प्रकारको सहयोग गर्ने उनिहरुले प्रतिबद्धता जनाएकाहुन् ।
इलाका प्रहरी कार्यालय दमकले होटल ब्यवसायीहरुसंग गरेको छलफलपछि बेलुका ८ बजे नै होटल तथा लजहरु बन्द गर्ने सहमति भएको बताईएको छ ।
होटलहरुमा बास बस्न आउनेहरुमाथि प्रहरी कडा निगरानी शुरु गरेको छ भने शंकश्पद ब्याक्तिहरु आएमा तत्काल खबर गर्न होटल ब्यवसायीहरुलाइ आग्रह समेत गरेको छ ।
होटल ब्यवासायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार सकेसम्म होटल तथा लजहरुले अनिवार्य रुपमा सिसि क्यामेरा राख्ने, होटलमा बाँस बस्न आउनेहरुको सम्पूर्ण विवरण सहित नागरिकता वा परिचयपत्र राख्ने, शंकाश्पद गतिबिधि र ब्याक्ति देखिएमा प्रहरीलाइ खबर गर्ने लगायतको बिषयमा सहमति भएको छ ।
बाहिरबाट आएका अपराधमा संलग्न हुनसक्ने ब्याक्तिहरुले होटलमा बसेर योजना बनाउनसक्ने भएकाले प्रहरीले होटल ब्यवसायीहरुलाइ सचेत रहन आग्रह गरेपछि होटल ब्यवसायी सघले यस बिषयमा सबै होटल तथा लजहरुलाइ जानकारी गराएको पनि बताइएको छ ।
यहाँ रहेका सबै होटलहरुलाइ अनिवार्य रुपमा होटलमा बस्नेहरुको विवरण राख्न र सुरक्षा निकायले मागेको अवस्थामा प्रदान गर्न निर्देशन गरिएको अध्यक्ष दंगालले जानकारी दिनु भयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार निर्वाचनलाइ लक्षित गरेर सुरक्षा ब्यवस्था कडा पारिएको छ । अपराधिक गतिबिधि रोक्न सबै जिम्मेवार हुनु पर्ने बताउदै सबै सरोकारवालाहरुसंग छलफल गरिएको पनि उहाँले जनाउनु भयो ।
होटल तथा लजहरुमा पाहुना भएर बाहिरबाट आएकाहरुलाइ दुख र अनाअवश्यक झन्झट दिने उदेश्य आफूहरुको नरहने समेत गिरीले जनाउनु भयो ।



