आफ्नो दाम्पत्य जीवनलाई सुखी राख्नका लागी आफ्नो जीवनसाथीलाई खुसी राख्नु आवश्यक हुन्छ । आफ्नो जीवनसाथी खुसी रहेमात्र दाम्पत्य जीवनमा खुसियाली छाउँछ र जीवन सहज रूपमा बित्दछ । परम्परादेखीनै महिलालाई वेवास्ता गर्दै महिलाको इच्छा विपरित काम गर्ने नेपाली समाजमा महिलाहरू खुसी हुन नसक्दा सम्पूर्ण घर नै सुखी हुन सक्दैन ।

जीवनभर साथ जीउने कसम खाएको पतिलै नै आफ्नो भावना नबुझिदिँदा महिला तनावमा रहन बाध्य हुन्छन् जसले पुरै परिवारको खुसी नै नष्ट गरिदिन्छ । त्यसैले पुरूषले आफ्नो दाम्पत्य तथा परिवारको जीवनमा खुसी छर्नका लागी जीवनसंगिनीलाई राम्रोसँग बुझेर उनलाई खुसी राख्नु जरूरी हुन्छ । यदी पुरूषले स-साना कुरामा मात्र विचार गर्ने हो भने महिलालाई सहजै खुसी राख्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुरूषले आफ्नी पत्नी अर्थात् जीवनसंगिनीलाई खुसी राख्ने केही सामान्य उपायहरु यस्ता छन्…

कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् । हावा लागेका बेला उनको मुख र आँखामा कपाल खस्दा सर्याइदिनूस् । आफ्ना साथीभाइसित उनको परिचय गराउँदा उनको काँधमा हात राख्ने गर्नुस् । बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउली तर सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित समात्नुस् । तपाईं दुःखी भएको बेला उनलाई फोन गर्नूस् । उनको आँखाको ढक्कनमा चुम्वन गर्नुस् । उनको बाल्यकालको तस्विर देखाउन आग्रह गर्नूस् । बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् । फोनमा अरूसित कुरा गरिरहेको बेला उनीसित यौनक्रियाकलाप गर्नूस् । फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् । आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् । उनलाई मन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् । कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् । टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लगेर सुताइदिनुस् र लुगा फुकालिदिनूस् । उनलाई इमेल पठाउनूस् । जे लेखे पनि हुन्छ । छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् । तपाईंलाई मन पर्ने खेल हेर्न रंगशालालै जानूस् । उनी ईश्र्यालु भएका बखत कसेर अँगाल्नूस् । उनको वक्षस्थलको प्रशंसा गर्नूस् । उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । कुराकानीका बीचमा ‘आई लभ यू’ भनिदिनूस् । अफिसबाट फर्किंदा चकलेट ल्याइदिनूस् । उनले नयाँ लुगा लगाएको बेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् । भित्तामा उभ्याएर माया साट्नूस् । तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् । सिटी दैनिक बाट सभार