दमक/दमकका ब्यवसायी युवाहरु मिलेर ३ बर्ष अघि सञ्चालनमा ल्याएको नयाँ बाटो बहुद्धेशीय सहकारी संस्था दमक ६ प्रगतीको पथमा लम्कन शुरु गरेको छ ।
सहकारीले शुक्रबार आफ्नो तेस्रो बार्षिकोत्सव तथा साधरणसभा भब्य रुपमा सम्पन्न गरेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।
ढकालले सहकारी प्रगतीको पथमा लम्कदै गरेको पाएको बताउदै समाजका लागि तथा सदस्यहरुलाइ स्वरोजगार बनाउनका लागि ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष भीम पौड्याल, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सहकारीका अध्यक्ष टिकाराम खतिवडाको अध्यक्षतमा भएको बार्षिकोत्सव तथा साधरणसभाको सञ्चालन सहकारी सञ्चालक सदस्य लोकश सापकोटाले गरेका थिए ।
सहकारीले गत बर्ष ६ लाख ५७ हजारभन्दा बढि नाफा गरेको साधरणसभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।










