झापा कमल गाँउपालिकामा वडा नं. ६ गेउरीयमा रहेको हिमाल बोर्डिङ स्कूलले अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । अभिभावक दिवसको अवसर पारेर समाजमा बिशिष्ठ योगदान दिने दूइजना र आफ्नै एक पूर्व बिद्यार्थीलाइ सम्मान समेत गरेको छ ।
पत्रकारिताको माध्यमबाट समाजमा बिशिष्ठ योगदान पुर्याएको भन्दै पत्रकार मञ्च दमकका अध्यक्ष एवं सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेललाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले सम्मानपत्र प्रदान गरेकी थिइन् । यसैगरी महिला स्वयंसेविका तथा जनप्रतिनिधि लोकमाया तामाङलाइ पनि सम्मान गरिएको थियो ।
२०७४ मा एसइइमा जिल्ला उत्कृष्ठ हुने हिमाल अधिकारीलाइ पनि बिद्यालयले अभिभावक दिवसको सन्दर्भ पारेर नै सम्मान गरेको जनाईएको छ ।
बिद्यालयका संस्थापक प्रमुख जिबन सापकोटाका अनुसार यस बिद्यालयलाइ ५ बर्षभित्रमा नतिजा र आन्तकिर कृयाकलापहरुमा समेत झापाको नमुना बिद्यालय बनाउने योजनाका साथ काम भइरहेको छ ।
प्याप्सनका प्रदेश नं. १ का अध्यक्ष नारायणप्रसाद घिमिरे लगायत अभिभावक र बिद्यार्थीहरुले बिद्यालयको प्रशंशा गरेका थिए ।
अभिभावक दिवसको सन्दर्भमा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले बनाएका चित्रको प्रदर्शनी र बिज्ञान प्रदर्शनी सहितको सास्कृतीक कार्यक्रमहरु समेत भएका थिए ।










