एनसेलप्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जस अन्तर्गत  एनसेलका ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् ।

नयाँभ्वाइस प्याकहरु यहि बिहीवार (मंसिर ०७) देखि ९० दिनको लागि संचालनमाआएको छ । नयाँप्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक  प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीन दिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहितमात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट  टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमाभ्वाइस सेवा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रतिमिनेट शुल्क लाग्दछ । भ्वाइस प्याक अन्तर्गतका टक टाइम एनसेल नेटवक भित्रमात्र लागु हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेका छन् । ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनियीप्याकहरु लिन सक्छन् । एनसेलकाग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एपकुनै पनि माध्यमबाट भ्वाइस प्याकखरिद तथा सुचारु गर्न सक्नेछन् ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ । त्यस्तै ग्राहकले १७११८ माआफुले लिनचाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

एनसेलकाग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमा बाँकी रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहाले आफ्नो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखि १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकी समयावधिको बारेमा जानकारी लिनपनि सक्छन् ।