दमक/लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापाको दमकबाट पनि सेवा बिस्तार शुरु गर्दैछ । सोमबार एक कार्यक्रमबीच कम्पनीले शाखाको उद्घाटन गर्न लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घाेष दस्तिदारले कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको शाखा प्रमुख अंकित सुबेदीले बताएकाछन् । दमकको नमुना मार्ग एवं शंखधर शाख्वाको शालिक नजिक कार्यालय रहेको छ ।
४५ औ शाखाको रुपमा दमकमा खुलेको यस कम्पनीको १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जनाईएको छ ।










