काठमाडौं । ईन्टरनेटको प्रयोग सहि तरिकाबाट हुने हो भने यसले सबैलाई फाईदा दिईरहेकै हुनछ । हरेक काममा इन्टरनेटले मानिसलाई हरेक सहयोग गरिरहेकै छ । फर्जी बेबसाइट खोलेर ठगी धन्धा चलाउने पनि धेरै भेटिन्छन् । यहाँ हामी फेक वेबसाइट चिन्ने तरिका सिकाउँछौं ।

युआरएल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तपाईं सही वेबसाइटमा हुनुहुन्छ कि हुनुुहुन्न जान्नका लागि युआरएलमा ध्यान दिनुस् । युआरएल एउटा वेबसाइटको हुनसक्छ त्यसैले फेक वेबसाइटको युआरएलमा केही न केही कुरा छुटेको वा थपेको हुन्छ ।

एचटीटीपीएस

किनमेल र बैंकिङ लागि एचटीटीपीएस प्रोटोकल प्रयोग गर्नु जरूरी हुन्छ । सामान्य वेबसाइटको अड्रेसअघि एचटीटीपी प्रयोग हुन्छ । त्यसैले अन्लाइन पेमेन्ट गर्नुअघि यसमा ध्यान दिनुस् ।

विश्वासिलो ब्राउजर

इन्टरनेट सर्फिङका लागि अपडेटेड ब्राउजर क्रोम, फायरफक्स, एज वा सफारी प्रयोग गर्नुस् । यिनमा सेफ्टी फीचर हुन्छन् र यिनले फेक वेबसाइटलाई सजिलै पक्रिन्छन् । यिनमा एन्टीभाइरस पनि राम्रो हुन्छ ।

फ्रड कम्पनी

वेबसाइटबाट केही किन्दा तिनको वैधानिकता जाँच्नुस् । फ्रड कम्पनीहरूले फर्जी वेबसाइट बनाएर सोझासाझाको शिकार गर्छन् ।

विज्ञापन

कुनै वेबसाइटमा अत्यधिक बढी विज्ञापन देखिएमा फर्जी हो भनी थाहा पाउनुस् । राम्रा वेबसाइटहरूले कन्टेन्टलाई जोड दिन्छन्, एडलाई हैन । एडले वस्तु बेच्ने हो तर एडको बर्खा नै भयो भने मानिस फसाउने षड्यन्त्र हो ।

सतर्क रहनुस्

सेफ्टी फीचरहरूलाई नघटाउनुस् । अन्लाइन सामान किन्दा वा बैंकिङ गर्दा सावधानी अपनाउनुस् र ट्रान्ज्याक्सनमा लापरवाही नगर्नुस् ।

एजेन्सी