बिष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्टहरुले जितेमा बोल्ने र लेख्ने अधिकार नै कसैलाइ पनि नहुने बताएकाछन् । उनले अहिले लोकतन्त्र चाहाने र एकदलीय शाषन चाहानेबीचको चुनावी प्रतिस्पर्धा भइरहेको भन्दै यस्तो बताएकाहुन् ।
झापाको गौरादहमा हेलिकप्टर चढेर पार्टीका बरिष्ठ नेता रामचन्द्र पौड्याललाइ साथमा लिएर आएका देउवाले संबिधानको हत्या गर्न खोजिएको पनि बताए । अहिलेको संबिधानको औचित्य समाप्त गर्ने खेल भइरहेको उनको भनाइ रहेको थियो ।
राष्ट्रपति शाषन ल्याएर जनताका अधिकार खोस्ने भनेर कप्यूनिष्टहरुले भनिसकेको जनाउदै यो निर्वाचन अब लोकतन्त्रबादी र एकदलीय शाषन चाहानेबीच भएको उनको भनाइ थियो ।
यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए।
प्रधानमन्त्री देउवाले भने–‘एकदलीय शाषन रोज्नेकी र लोकतन्त्र रोज्ने भन्ने यो समय हो ।’ राष्ट्रपति शाषन लगाउने भनेर कम्यूनिष्टहरुले भनिसकेको बताउदै उनले भने–‘नेपालमा अहिले संबिधानलाइ खतम गर्ने कोसिस भइरहेको छ, तानशाही शाषन रोज्नेकी लोकतन्त्र रोज्ने यहाँहरुको हातमा रहेको छ ।’



