बिष्णुप्रसाद पोखरेल
दमक / दमक झापाको दमकबाट एक युवा अपहरणमा परेको हल्ला एकाएक भाइरल भएपछि प्रहरीले चौतर्फी चेकजाँच बढायो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी आफै आफै बाहिर निस्के र चारैतिर प्रहरी खटाए ।
एउटा गाडिमा तीनचारजनाको समुह आएर कोचेर लगेको खबर प्रहरीमा पुगेपछि प्रहरीले तत्कालै सबै शक्तिको प्रयोग गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
साँझ ५ बजेर २० मिनेटमा दमक ७ को एक पसलबाट ३० बर्षिय बिनोद चौलागाइलाइ परिवारले नै सुधार गृहमा लैजान भनेर त्यस प्रकारले उठाएको पाईएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीका अनुसार मादक पदार्थ सेवन गर्ने भएकाले परिवारले नै झुक्काएर सुधार गृहमा लैजानका लागि यस्तो गरेको पाईएको छ ।
परिवारले नै यसो गर्दा प्रहरीले धेरै दुख पाएको जनाईएको छ । अपहरण शैलीमा मानिस उठउदा स्थानीयहरु पनि त्रसित भएका थिए ।



