अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयले ५० हजार घुस लिएको आरोपमा एक इन्जिनियरलाई बुधबार पक्राउ गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा कार्यरत् इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता रमेश ढकालले कार्यालयबाटै भुर्तेललाई पक्राउ गरेको जानकारी दिए ।

कार्यालयसँगै रहेको निवासबाट भुर्तेलले घुस लिएको रकम पनि बरामद भएको ढकालले बताए ।