नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले पुष्टि गरे ।
उनी गत ७ गते देखि नै बिरामी थिए । चुनावी दौडधूपले निद्रा पनि पुगेको नपुगेको र ब्लड पनि कमी भएको बताइएको छ । श्रेष्ठ ललितपुरस्थित किस्ट अस्पतालमा गत १३ गतेदेखि भर्ना गरी उपचाररत छन् ।
गोरखा क्षेत्र नं. २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन्



