विकास श्रेष्ठ
कोरियन भाषा सिक्न र बोल्न सवैभन्दा गाह्रो रहेको अमेरिकी एजेन्सीले बताएको छ । अग्रेजीभाषीका लागि कोरियन भाषा सिक्न सवैभन्दा गाह्रो भएको अमेरिकी स्टेट टे«निङ एजेन्सीको विदेश मामलाले जनाएको हो । फोरेन सर्भिस इन्स्टिच्यूट एफएसआइले कोरियन भाषालाई सवैभन्दा गाह्रो भाषाको पाँचौ वर्गमा राखेको प्रतिवेदन पनि सार्वजानिक गरेको छ ।
कठिन भाषाको पाचौ वर्गमा अन्य भाषा अरेबिक, चिनियाँ र जापानिज रहेका छन् । एजेन्सीका अनुसार कोरियन भाषा सिक्न कम्तिमा दुइ हजार दुइ सय घण्टा अर्थात अठासी हप्ता आवश्यक पर्छ । त्यस्तै कठिन भाषाको चौथो वर्गमा सत्तरी भाषा रहेका छन् । भाषा सिक्न कठिनाईको आधारमा वर्ग निर्धारण गरिएको छ । तेश्रो वर्गमा रुसी, भियतनामी, थाई, हंग्रेरियन, बुल्गेरियन, ग्रिक र पोलिस सहित पचास भाषा छन । ती भाषा सिक्न कम्तिमा एक हजार एक सय घण्टा अर्थात चवालीस हप्ता आवश्यक पर्छ ।
यसैगरी दोश्रो वर्गमा पाँच भाषा रहेका छन् । जसमा जर्मन, इन्डोनेशियाली, मलेशिया, स्वाहिली र हेइटी रहेका छन् । ती भाषा बोल्न नौ सय भन्दा बढि घण्टा अध्ययन गर्नुपर्छ । भाषा सिक्न सजिलो अर्थात पहिलो वर्गमा नौ वटा भाषा रहेका छन् । जसमा अग्रेजी, स्पेनिस, इटालियन, रोमानियन, स्वेडिस, पोर्चुगल, नर्वेली, डेनिस र डच रहेका छन् । हेलो कोरिया नेपाल बाट सभार










