दमक/नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले वामगठबन्धनको सरकार बनेपछि केही समयमै जेष्ठ नागरिकहरुले दमकबाट रेल चढ्न पाउने बताएकाछन् । संयुक्त निर्वाचन परिचालन संयोजन समितिले आज झापाको दमक ६ स्थित नमुना मार्गमा आयोजना गरेको सभालाई सम्वोधन गर्दे अध्यक्ष ओलीले तपाई हेर्दा हेर्दै हाम्रा ज्येष्ठ नागरिकले दमकबाटै रेल चढ्न पाउने बताएकाहुन् ।

धेरै समय स्थानिय र राष्ट्रको बिकास गर्ने कुरामा समय खर्चिनु भएका झापा क्षेत्र नम्वर ५का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले डिल्ली बम्बई जान रेल चढेर जान सकिने बताए । पूर्व पश्चिम राजमार्गलाई ६ लेनको बाटो बनाउने लगायतका काम गर्ने मतदाता समक्ष प्रतिवद्धता ब्यक्त गरे ।

नेता ओलीले आफनो निर्वाचन क्षेत्र झापाको क्षेत्र नम्वर ५को अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै स्थानिय क्षेत्रमा मतदाता शिक्षामा ध्यान दिन गठबन्धनका कार्यकर्तालाई निर्देशन दिए । एमाले , माओवादी र राप्रपाको गठबन्धनलाई मतदान गरेर कुनै पछुतो नहुने रआफूहरुले जीतेर गएपछि देश जनता स्थानिय क्षेत्रको बिकास गर्ने प्रतिबद्धता नेता ओली गरे ।

झापा क्षेत्र नम्वर ५को प्रदेश सभा सदस्य २ तर्फका उम्मेदवार अर्जन राई , राप्रपा तर्फबाट समानुपातिक उम्मेदवार राम थापा लगायतले मतदातासंग आफूलाई जिताएर पठाएर निर्वाचन क्षेत्रको बिकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah