बिष्णुप्रसाद पोखरेल/दमक 

मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि झापामा उम्मेदवारहरु शक्ति प्रदर्शनको अन्तिम चरणमा पुगेकाछन् । झापा अहिले स्थानीय रुपमा मात्र नभएर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत नियालिएको जिल्लाको रुपमा समेत हेरिन थालेको छ ।

यस जिल्लाबाट नेकपा एमालेका अध्यक्ष एवंं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली देखि नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासम्म उम्मेदवार बनेर चुनावी अभियानमा रहनु भएको छ । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, पूर्व सञ्चार मन्त्री समेत रहनु भएका माओबादी केन्द्रका नेता सुरेन्द्र कार्की, नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा लगायतका कारण झापा चर्चामा छ ।

अहिले बिशेस गरी झापामा बामपन्थी देशभक्तहरुको संयुक्त गठबन्धन र नेपाली काँग्रेस एकलबीच प्रतिस्पर्धा हुने निश्चित रहेको छ । झापामा अन्य जिल्लामा भन्दा फरक गठबन्धन रहेको छ । नेपाली काँग्रेससंग देशभर गठबन्धन गरेको राप्रपा झापामा एमाले र माओबादी केन्द्रको गठबन्धनमा सामेल भएपछि यहाँको गठबन्धनलाइ बामपन्थी देशभक्तहरुको संयुक्त गठबन्धनको रुपमा स्थानीय स्तरमा ब्याख्या गरिएको छ ।

झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनु भएको छ । उहाँ मंगलवारदेखि झापा र आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसंग मत माग्नमा ब्यस्त रहनु भयो । एमालेको पकड रहेको र दोस्रो संबिधानसभा निर्वाचनमा समेत यहि क्षेत्रबाट जित हासिल गर्नु भएका ओलीले फराकिलो मतान्तरले जित्नेमा बिश्वस्थ हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ अन्र्तगत दमक नगरपालिका र गौरादह नगरपालिकाको १ देखि ८ वटासम्मका वडा, कमल गाँउपालिका र गौरीगन्ज गाँउपालिकाको ३, ४,५ र ६ नम्बर वडा पर्दछन् । यसमा स्थानीय तहको निर्वाचनलाइ आधारमान्दा बाम गठबन्धन ५२ हजार ८ सय ११ र नेपाली काँग्रेसले २१ हजार १ सय ५१ मत प्राप्त गरेको छ । यहाँ मतान्तर ३१ हजार ६ सय ६० रहेको छ ।

ओलीको राष्ट्रिय प्रभावका कारण यो अन्तर अझ बढ्ने ओलीको निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर थापा बताउनु हुन्छ । नेपाली काँग्रेसले यहाँ नयाँ अनुहारलाइ उम्मेदवार बनाएको छ । १६ बर्ष अघिदेखि त्रिभुवन बिश्वबिद्यालयमा प्राध्यापन पेशामा रहनु भएका खगेन्द्रपाण्डव अधिकारी ओलीको प्रतिस्पर्धि रहनु भएको छ ।

अधिकारीले आफूलाइ ओलीले प्रतिस्पर्धि नदेखेको भन्दै सार्वजनिक रुपमा नै त्यो गल्ति हुने भन्दै आउनु भएको छ । स्थायी घर दमक नै भएपनि अधिकारी यहाँ कम आउजाउ भएका कारण नयाँ अनुहार हो । पहिलो संबिधानसभामा यहिका मतदाताले ओलीलाइ पराजय गराएको भन्दै मतदाता कसैका पेवा नहुने उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah