डा सि पी सेडाई, नशा तथा मानसिक रोग विशेषज्ञ, चितवन मेडिकल कलेज

नेपालमा डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु, र राजनीतिक असन्तुलनको असर आदि पर्दछन्। कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन । धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन्। कोही यौनक्रियामा कमी भयो भन्ने लक्षण लिई डाक्टर कहाँ आउछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिप्रेसन रोग यकिन गर्न लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर् । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएका नभएपनि सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको अनुमान छ । डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन्। कतिपय बिरामीहरु सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छन्। मानिसहरुमा विभिन्न खालका डिपे्रसन देखापर्छन् । समुदायका ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुँदैनन्। समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो।

लक्षणहरु रुन मन लाग्ने निराश हुने एक्लै बस्न रुचाउने, झर्को लाग्ने दिक्क मान्ने बोल्न मन नलाग्ने छटपटी हने हातखुट्टा झम झम गर्ने पैतला पोल्ने, तालु पोल्ने मुख सुक्ने आत्मग्लानी हुने नकारात्मक सोचाई रहने निद्रा कम पर्ने खानामा रुचि नहुने यौन सम्पर्क गर्न रुचि नहुने आफूलाई निकम्मा सम्झने मर्न पाए हुन्थ्यो भन्ने बारम्बार रुने शंका लाग्ने कानमा आवाज आउने