उत्तम कोइराला / दमकःझापाको दमकमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सले विहीबारदेखि सातौं शाखा सञ्चालनमा ल्याएको छ ।

ललितपुरको हरिहर भवनमा मुख्य कार्यालय, कर्पोरेटसहित विभिन्न स्थानमा शाखा सञ्चालन गर्दै आएको सो फाइनान्सले दमकमा शाखा उद्घाटन गरेर कारोबार शुरु गरेको हो ।

सो शाखाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उद्घाटन गर्नुभयो ।

सो संस्थाले एटीएम, एसएमएस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेषण सेवा तथा डीपि सेवासहितको सेवा प्रदान गर्दै आएको दमक शाखाका मेनेजर केदार घिमिरेले जानकारी दिए ।
कोसि खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय