बिष्णुप्रसाद पोखरेल

झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकी नेकपा एमालेकी नेतृ पबित्रा निरौला खरेल प्रदेश नं. १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा जित्ने एकमात्र महिला बन्नु भएको छ ।

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएकी खरेलले झापाको प्रमुख ब्यापारी केन्द्र बिर्तामोड समेटिएको क्षेत्र नं. २ मा नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापालाइ फराकिलो मतान्तरमा उछिनेर जित हासिल गर्नु भएको हो ।

महिलाहरुलाइ कम टिकट दिने र दिदा पनि जित्ने अवस्था कम हुने गरेकोमा अहिले आफूले सहज रुपमा टिकट पाएको जनाउदै जित पनि सहज भएको निरौलाले बताउनु भयो । पुरुषप्रधान समाज भएकाले आफूलाइ धेरैले बिभिन्न उपनाम दिएपनि यहाँका मतदाताहरुले आफ्नो विवेक प्रयोग गर्दा आफूलाइ गर्व लागेको उहाँ बताउनु हुन्छ ।

आफू राजनीतिक संस्कार बदल्नु पर्छ भनेर संघर्षरत रहेको महिला भएको जनाउदै खरेलले भन्नुभयो– ‘चुनावअघि केहीले महिलासँग पैसा हुन्न, खर्च गर्न सक्दैन अनि कसरी जित्छन चुनाव पनि भनेको सुने ।’ आफू २०३५ सालदेखि नै राजनीतिमा लागेको उहाँ बताउनु हुन्छ ।

दमक क्याम्पस पढ्दा अनेरास्ववियूको राजनीतिमा लागेको उहाँ बताउनु हुन्छ ।  उहाँले भन्नुभयो–‘सामान्य परिवारबाट आएकाले आर्थिक समस्यादेखि अनेक कष्ट झेले, यी कुराबाट कम्युनिष्ट पाटीएले मात्र मुक्ति दिन्छ भन्ने ठानेर कम्युनिष्टप्रति आकर्षित भएँ र आज यो ठाँउसम्म आइपुगे ।’ दोश्रो संबिधानसभा निर्वाचनमा पनि टिकट पाए पनि नेपाली काँग्रेसका नेता सुधिरकुमार शिवाकोटीसंग खरेल पराजित बन्नु भएको थियो ।

आफूले बिश्वास गरेर पार्टी र स्थानीय नेता कार्यकर्ताले सहयोग गरेको बताउदै खरेलले भन्नुभयो–‘यसअघि २०७० सालमा मैले टिकट पाएकी थिएँ, त्यो पनि अचानक, त्यतिबेला न चुनाव कसरी जित्ने ज्ञान थियो न अनुभव त्यसै कारण म सात सय मतले पराजित भए ।’

शुरुमा यो पटक पनि टिकट पाउदिनको जस्ता लागेको भएपनि सबै सकारत्मक बन्दा सहज टिक पाएको उहाँको भनाइ छ । आफूले खर्च नगरी निर्वाचन जितेको पनि उहाँले बताउनु भयो । खरेलले भन्नुभयो–यसपालि टोपी, भेष्ट ठूला ब्यानर बनाउन नपर्ने भएकाले धेरै खर्च गर्न परेन ।

जुन जुन ठाउँमा गएँ । त्यहाँका साथीहरुले खानेबस्ने व्यवस्था मिलाइदिनु भयो ।’ उहाँले भन्नुभयो–‘गाडी, पेट्रोल र डिजेलको खर्च केही सहयोगीले दिएको पैसाले मज्जाले नै पुग्यो, मलाई एकपैसा पनि ऋण लागेन ।’

नीति निर्माण गर्ने तहमा आफू पुगेकाले अब महिलाहरुलाइ अहिले आर्थिक अधिकार नरहेको र सामाजिक असुरक्षा कायमै रहेको बताउदै यस बिषयमा आफ्नो ध्यान जान खरेलले बताउनु भयो । उहाँले समाजका हरेक समस्या र भोगाइ आफूले देखेको जनाउदै त्यस्ता सबै बिषयहरुमा आफ्नो ध्यान जाने खरेलले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah