बिष्णुप्रसाद पोखरेल
दमक/बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गर्ने बताएपछि के नयाँ कुरा आउला भनेर धेरैको ध्यान केन्द्रित भएको थियो ।
मत परिणाम पछि सामाजिक सञ्जालहरुमा एकताको बिषयमा भएका चर्चा र नयाँ सरकार गठनमा देखिएको बिबादको बिषयमा दुबैजनाले बोल्ने अड्कल भने काटिएको थियो ।
ओली र प्रचण्ड दुबैले प्रधानमन्त्री शेरबहादुर देउवालाइ राजिनामा दिएर सरकार गठनका लागि सहज बाटो बनाउन आग्रह गरे । उनिहरु जनादेशलाइ अपमान नगर्नका लागि अनुरोध गरे ।
पूर्व प्रधानमन्त्री रहेका ओली पत्रकार सम्मेलनमा आफूलाइ प्रधानमन्त्री बन्नका लागि फेरी लोभ नभएको बताए । आफू एकपटक प्रधानमन्त्री भइसकेको बताउदै लोभ भन्दा पनि देश बिकास कसरी गर्ने भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।
यसैगरी पूर्व प्रधानमन्त्री प्रचण्डले भने त्यसमा समर्थन जनाउदै आफूले सहज रुपमा प्रधानमन्त्री छाडेको स्मरण गराए । आफूहरु लोभका लागि अब सत्तामा जान नखोजेको स्पष्ट पारे ।



