विष्णुप्रसाद पोखरेल
दमक/झापाको क्षेत्र नं. ५ क बाट बिजयी प्रदेश सभा सदस्य हिक्मत कार्कीले पार्टीले जिम्मेवारी दिए आफू पनि मुख्यमन्त्रीका लागि योग्य रहेको जनाउदै आफ्नो पनि दाबी पेस गरेकाछन् ।
आफू निकटहरुसंगको छलफलमा उनले यस्तो बताएकाहुन् । आफूलाइ पार्टीले त्यो जिम्मेवारी प्रदान गरेमा र आफू त्यसका लागि तयार रहेको उनले बताउन थालेकाहुन् ।
कार्की अहिले निर्वाचनको परिणामपछि मतदातालाइ धन्यवाद ज्ञापन गर्न तथा बिजयउत्सवहरुमा सहभागिता जनाउन ब्यस्त रहेकाछन् । उनले जनताको विश्वासलाइ मर्न नदिने प्रतिबद्धता जनाउदै आएकाछन् ।
कार्कीले मुख्यमन्त्रीको दाबीको बिषयमा आफू पनि त्यसका लागि योग्य रहेको बताएकाछन् । तर पार्टीको हित बिपरीत र निर्णय बेगर आफू नचल्ने उनले जनाएकाछन् ।
उनले भने, हो, म पनि त्यसका लागि योग्य छु जस्तो लाग्छ, तर पार्टीको निर्णय बिपरीत बोल्नु राम्रो हो भन्ने मलाइ लाग्दैन, धेरै महत्वकाँक्षा पालेको छैन, जिम्मेवारी पाएको खण्डमा त्यो जिम्मेवारी वहन गर्छु ।
झापा गौरादह जन्मथलो भएका कार्की बिद्यार्थी आन्दोलनमा नौलो नाम होईन । लामो सयम राजधानीमा नै रहेका कारण उनले राष्ट्रिय राजनीतिलाई समेत राम्ररी बुझ्ने मौका पाए ।
बिद्यार्थीहरुको नेताको रुपमा सधै कुनै न कुनै रुपमा काम गरिरहेका कारण आज एमालेलेमात्र नभइर राप्रपा सहितको बाम गठबन्धनले उनलाइ बिश्वास गरेर झापा क्षेत्र नं. ५ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो ।
अहिले उनि हेभिवेटका नेता नै हुन् । उनले प्रतिनिधिसभा सदस्यमा पनि दाबी गर्न सक्थे तर पार्टीले प्रदेशको जिम्मेवारी दिएपछि त्यसलाइ स्वीकारे ।
२०२३ साल असार ८ गते जन्मेका कार्की सानैदेखि बिद«ोही स्वभावका रहेका थिए र शोषण दमन सहनु हुदैन भन्ने उनमा लागेको थियो । यसै कारण उनमा सानै उमेरमा राजनीतिक चेतना बढ्यो ।
२०३५/०३६ सालको बिद्यार्थी आन्दोलनबाट प्रभावित भएर गौरादहको जनता उच्च माबिमा कक्षा ७ मा पढ्दापढ्दै अनेरास्वबियुमा प्रवेस गरेको पुरना दिन अहिले उनी सम्झन्छन् ।
यसबाट शुरु भएको बिद्यार्थी राजनीतिले धरानमा आइएल पढ्दा झागिदै गयो । २०४० सालमा नै तत्कालीन पार्टी सक्रीय दलमा लागे । २०४४ सालमा थप उच्च शिक्षाका लागि काठमण्डौ हानिए ।
सानै उमेरमा बिद्यार्थी संगठनमा आबद्ध भएका उनी २०४८ सालमा अनेरास्वबियुको केन्द्रीय सदस्य, २०५० सालमा सचिव, २०५२ सालमा उपाध्यक्ष र २०५५ सालमा अध्यक्ष बने । त्यसपछि पनि निरन्तर बिद्यार्थी आन्दोलनसंगै पार्टीका बिभिन्न कमिटीहरुमा रहेर काम गर्न थाले ।
मिजासिलो स्वभाव, स्पष्टबक्ता र पार्टी भित्र ईमान्दार कार्यकर्ताको छवी बनाएकाले पनि उनले बिद्यार्थी राजनीतिमा राम्रो पकड जमाएका थिए । त्यसै कारण पनि उनि अहिलेसम्म यहाँ सम्म आइपुगे ।
कार्की पछिल्लो समयमा पार्टी कामममा झापामा रहेका थिए । निरन्तर रुपमा महाअधिवेसन प्रतिनिधिको रुपमा चुनिदै आएका उनलाई राजधानी बस्ने आरोप नलागेको होइन तर उनलाई यो आरोपलाई चिर्न सफल भए र एमालेको केन्द्रिय सदस्य पनि बने ।



