दमक/झापा जिल्लामा बामपन्थी (एमाले, माओवादी केन्द्र र राप्रपा) र नेपाली काँग्रेस दल बाहेक स्वतन्त्रसहित साना दलबाट उम्मेदवारी दिएका १ सय ११ जनाको जमाना जफत भएको छ ।

प्रतिनिधिसभातर्फ ४७ र प्रदेशसभातर्फ ६४ जना गरी १ सय ११ जनाको जमाना जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रतिनिधिसभातर्फ ५७ जना र प्रदेशसभा (क) र (ख) मा गरी ८४ जना गरी १ सय ४१ जनाले उम्मेदवार दिएका थिए । त्यसमध्ये बामपन्थीबाट निर्वाचित १५ जना र नेपाली काँग्रेसका १५ जनाले धरौटी फिर्ता पाउने निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए

जमाना जफततर्फ झापा क्षेत्र नम्बर १ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका दानबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङ, संघीय समाजवादी फोरम नेपालका भक्तबहादुर लिम्बु, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का भवानीप्रसाद ढकाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर सुब्बा रहेका छन् ।

प्रतिनिधिसभातर्फ झापा २ बाट उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका पशुराम मगर, मंगोल नेशनल अर्गनाइजेसनका अकलबहादुर तामाङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का वृजकिशोर ठाकुर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानबहादुर साँवा, विवेकशील साझा पार्टीका नविन बास्तोला, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका होमचन्द्र घिमिरे, राष्ट्रिय जनता पार्टी नेपालका महावीर राई, नयाँ शक्ति पार्टी नेपालका भक्तबहादुर बुढाथोकी र नेपाल जनता पार्टीका गणेशप्रसाद शिवाकोटी रहेका छन् ।

त्यसैगरी जमाना जफततर्फ झापा ३ बाट उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका सेकेन्द्र राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बु, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका देवीरमण भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मीनप्रसाद चम्लागाई, विवेकशील साझा पार्टीका साजन सुब्बा, राष्ट्रिय जनता पार्टी नेपालका सुन्दरलाल साह, राष्ट्रिय जनमोर्चाका अविचन्द्र भण्डारी, नेकपा मालेका नवराज खरेल, नेपाल जनता पार्टीका सुजाता ओली (उप्रेती) र स्वतन्त्रका वीरेन्द्रप्रसाद सापकोटा रहेका छन् ।

झापा ४ बाट उम्मेदवारी दिएका ग्रीन पार्टी नेपालका सुभाष अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनका रुद्रबहादुर राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का तेजबहादुर थापा, संघीय समाजवादी फोरम नेपालका लाहानसिंह तुम्वापो, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका हरिभक्त संग्रौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ज्ञानबहादुर लिम्बु, विवेकशील साझा पार्टीका तुलसीराज उप्रेती, राष्ट्रिय जनमुक्ति पार्टीका अर्जूनदेव शेर्मा र स्वतन्त्रका डिल्लीप्रसाद कट्टेल, पशुराम काफ्ले, एज्ञबहादुर खड्का रहेका छन् ।

त्यस्तै झापा ५ बाट उम्मेदवारी दिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त भट्टराई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का चेतनाथ थापा, विवेकशील साझा पार्टीका प्रकाश गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका बासुदेव दुलाल, संघीय समाजवादी फोरम नेपालका सत्यदेव यादव, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जगेवु, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, नयाँ शक्ति पार्टी नेपालका भेषराज भट्टराई, नेकपा मालेका घनश्याम गुरागाँई र स्वतन्त्रबाट इन्द्रबहादुर अधिकारी, प्रेमबहादुर खड्का, इन्द्रप्रसाद न्यौपाने रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah