दमक/निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापा क्षेत्र नं ७ ले दमकमा क्षेत्रीय स्तरको दुइदिने साँस्कृतिक शुरु भएको छ । मंगलवार सनराइज बोडिङ स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न २५ वटा विद्यालयले सहभागिता जनाएको क्षेत्रिय संयोजक जनार्दन मैनालीले बताए ।

१२ वर्ष मुनी र १२ वर्ष माथिका विद्यार्थीहरुको गायन, कक्षा १ देखि ४ सम्मका र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीको आधुनिक नृत्य, त्यसैगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सस्कृती झल्किने नृत्य प्रस्तुत हुनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुस ३ र ४ गते दुइ चरणमा हुने सांस्कृतिक कार्यक्रमबाट आगामी पुस २४ गते प्याप्सन दिवशको दिन हुने जिल्ला स्तरको साँस्कृतिक कार्यक्रममा प्रतिष्पर्धाकोलागि छनौट गरिने प्याप्सनका झापा जिल्ला अध्यक्ष कोषराज प्याकुरेलले बताए ।

पहिलो सत्रको उद्घाटन कार्यक्रममा निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल एक नं. प्रदेशका अध्यक्ष नारायण प्रसाद घिमिरेको प्रमुख आथित्यता रहेको थियो । सो अवसरमा घिमिरेले प्याप्सनले आन्तरिक कृयाकलापहरुलाइ महत्वका दिदै आएको बताए ।

झापा प्याप्सनका संस्थापक अध्यक्ष चन्द्रप्रकाश राई, प्रदेश एकका सल्लाहकार गोविन्द लम्साल लगायतको उपस्थिति रहेको नराइज बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका मैनालीले बताए ।