बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकलाइ प्रदेश नं. १ को राजधानी बनाउनु पर्ने स्थानीयले माग गर्न थालेकाछन् । बिराटनगर, इटहरी, गोठगाँउ, धरान, धनकुटापछि अहिले दमकलाइ पनि बहसमा ल्याउन थालिएको छ ।

पत्रकारदेखि लिएर सर्वसाधरणहरुसम्मले दमकलाइ प्रादेशिक राजधानी बनाउन उपयुक्त हुने भनेर सामाजिक सञ्जालमा लेखेपछि त्यसको समर्थन र बिरोध हाराहारीमा जस्तै देखिएको छ ।

पत्रकार कृष्ण कार्की, बिष्णु सुब्बा, राजकुमार ओली लगायतले दमकमा प्रादेशिक राजधानी बनाउन सकिने भन्दै आफ्नो फेसबुकमा बहस चलाएकाछन् । यसका अलवा देबी दंगालले दमकमा किन प्रादेशिक राजधानी भनेर नै आफ्नौ भनाइ राखेकीछन् ।

पत्रकार बिष्णु सुब्बाले लेखेको फेसबुक स्टाटसमा उनले राजधानीका लागि दाबी प्रस्तुत गरेकी हुन् । सुब्बाले आफ्नो फेसबुकमा लेखेकाछन्- देशले भावी प्रधानमन्त्री र मुख्यमन्त्रीनैं हाम्रो यसैक्षेत्रले प्राप्त गर्देछ । यस अर्थमा हामी क्षेत्रबासीहरु खुसी छौं ,किनकी एउटैं क्षेत्रका जनप्रतिनिधिले देश र प्रदेशको कार्यकारी अधिकारसहितको उच्च तहमा पुग्नु अहिलेसम्मको राजनीतिक उपलव्धि मान्नुपर्छ , त्यो संभावना नजिक छ । अव , प्रदेश–१ को अस्थायी राजधानी विवादले चर्को रुप लिन थालेको छ, यसले के देखाउछ भने जहाँ विवाद आए ,त्यसलाई थाती राखेर त्यसको विकल्प खोजिनु पर्छ । यस अर्थमा झापाको दमकलाई नै उपयुक्त हुने ठम्याई मेरो हो , त्यसतर्फ हामी क्षेत्रबासीहरु किन ‘राजधानी संकल्प अभियान’मा जुरुक्क नउठेको नी रु लागौं न ,हुन्न र ?

यसको जवाफमा दंगालले लेखिकीछन्- बजारमा चुनाबको माहोल नसकिदै अहीले प्रदेशको राजधानी कँहा बनाउने भन्ने चर्चा बढी चलीरहेको छ।यसको लागी सरकारले शहरी बीकाश मन्त्रालयलका सहसचिब राजेन्द्रकुमार पौड्याको सहीतको टोलिबनाएर त्यसबारे अध्ययन गर्ने जिम्मा दीयो उक्त टोलीले अध्ययन सकाएर बीकल्प सहीतको बीभीन्न क्षेत्रको लागी उपयुक्त ठाउहरुको नाम सिफारीस गर्यो जसमा प्रदेश नम्बर १ को राजधानीको नाममा इटहरीको नाम पर्न गयो।होला अध्यनमा यो ठाउ उपयुक्त होला तर मेरो बीचारमा म दमक पनि उपयुक्त देख्छु किन भने राजनितिक उपलब्धि हासील गरेको क्षेत्र हो दमक। यहा नेकपा एमालेका अध्यक्ष जस्तो योग्य ब्यक्तिलाई जिताउन बुध्दिमानी निर्माण गर्ने जन्ताहरु बसोबास गर्छन यहा त्यति मात्र हैन भुटानबाट लखटीएर आएका १लाख शर्र्णाथिहरुलाई बीना भोदभाब दाजुभाईको जस्तो सम्बन्ध राखेर २०अौ बर्ष सुरक्षित आश्रय दीएर राख्ने ठाउ हो दमक। जहा ब्यबस्थित खानेपानी र भवनहरु निर्माणाधीन अबस्थामा छन।दमक एक सुरक्षित स्थान हो जहा नजिकै पाथीभरा गण छ।यहा राजाहरुको पुरानो काठको दरबार र चियाबगान छ।नेपालकै अग्लो टेलीकमको टाबर छ। यस क्षेत्र मा बन्दहडतालले कहीलै प्रभा पार्दैन।यहा एशियाकै अग्लो बुद्धको मूर्ती बनाउनको लागी र अौधोगीक क्यारीडोर साथै आदीबासी रंगशाला बनाउनेको लागी सिफारिस भई काम अगाडी बढीसकेको छ।यहा बाट दमक रबी हुदै छोटो दुरीमा चाइना सग जोड्ने बाटो पनि अध्ययन भइसकेको छ साथै करीब ५ण् कि।मिमै इन्डियाको बोडर छ।पहाडी जिल्लाहरु पाचथर इलाम,ताप्लेजुङ,धनकुटा तेर्हथुम,संखुवासभा, भोजपुर,सबै जिल्लाहरुलाई पनि यहा सम्म आईपुग्न सहजै हुन्छ।यहा आदीबासीहरुको बाहुल्यता बढी छ। क्षेत्रफलका हीसाबले पनि प्रयाप्त मात्रा पुग्ने जमिनहरु छन तमाम कुरा हुदा हुदा हुदै पनि प्रदेशको राजधानीको लागी दमक किन अध्ययन मा परेन मलाई बढो दुस्ख लागेको छ।के दमक शर्र्णार्थिहरु राख्नलाई मात्र उपयुक्त क्षेत्र हो त ? यस ठाउका राजनितिक दल बुद्धिजिबी बर्गहरु सबै मिलेर सरकारको ध्यानाकर्षक गर्नु पर्ने हो की ?

कतिले कमेन्टमा आफ्नो घर तथा गाँउमा बनाउन भन्दै त्यसको आलोचना समेत गरेकाछन् । तर बहस चल्नु पक्कै पनि नराम्रो नहोला ।

दमकको चिया बगानमा रहेको ऐलानी जग्गा, हाल शरणार्थी शिबिर रहेको स्थान, दमकको सडक बिभाग कार्यालय रहेको स्थान, नजिक रहेको कमल गाँउपालिकाको रतुवा माइ बृक्षारोपण आयोजनको खालि जमिन लगायतका स्थानहरु सामाजिक सञ्जालहरुमा बिकल्पको रुपमा प्रस्तुत गरिएको छ । तर आधिकारीक रुपमा तथा साँसदहरुले भने यस बिषयलाइ उठाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah