यहाँ हामी यस्तो सामान्य बानीको बारेमा चर्चा गर्दैछौँ, जसले तपाईलाई कम उमेरमै बुढो बनाउन सक्छ । यो कोल्ड ड्रिंक पिउने बानी हो । यो सबैलाई जानकारी भएकै कुरा हो कि कोल्ड ड्रिंक पिउँदा मोटोपना बढ्छ । किनभने यसमा आवश्यकता भन्दा बढी शुगर र केमिकल हुन्छ ।
पोषक तत्वको नाममा यसमा यस्तो कुनै पनि चीज हुँदैन, जसले शरीरलाई फाइदा पुर्याउँछ । यसबाट हुने मोटोपनको सबैभन्दा खराब पक्ष हो कि यसले शरीरको अनावश्यक भागलाई बढाउँछ ।
हालै गरिएको एक अध्ययनको अनुसार पत्ता लागेको छ कि कोल्ड ड्रिंकमा पाईने फोस्फोरिक एसिडको कारणले कम उमेर मै बुढो बनाउँछ र तपाईलाई आफ्नो उमेर भन्दा ५ देखि ८ वर्ष बुढो देखाउन थाल्छ ।
कोल्ड ड्रिंकमा कार्बन डाइअक्साइड र फोस्फोरिक एसिड हुन्छ, जसले हड्डी र दाँतलाई कमजोर बनाउँछ । यसमा पाईने कैफिनले पनि हड्डीलाई नोक्सान पुर्याउँछ ।

एक दिनमा एक कोल्ड ड्रिंक भन्दा बढी पिउँदा डायबिटीजको आशंका २६% सम्म बढ्छ । साथै मेटोबोलिक सिन्ड्रोम पनि हुनसक्छ ।



