दमक/झापा दमककी राजनीतिकर्मी तथा निवर्तमान साँसद महेन्द्राकुमारी सुब्बा फेरी पनि साँसद बनेकीछन् । समानुपातिक सूचिबाट उनि साँसद बनेकी हुन् । दमककी स्थायी बासिन्दा सुब्बा अघिल्लो पटक पनि समानुपातिकबाट साँसद बनेकी थिइन् ।
आफू अघिल्लो पटक साँसद भएर धेरै बिकासका कामहरु गरेको बताउदै अब अझ थप शशक्त रुपमा बिकासका काम र यस क्षेत्रका जनताको प्रतिनिधि भएर काम गर्ने उनले बताइन् ।
सुब्बा लामो समयदेखि राजनीति र सामाजिक रुपमा काम गर्दै आएकी अग्रणी महिला हुन् । सुब्बाले आफ्नो जिबन नै जनताको सेवामा समर्पित गर्ने जनाउदै सबैको माया, सदभावले नै यो जिम्मेवारी प्राप्त भएको बताइन् ।
लामो समयदेखि नेपाली काँग्रेसमा राजनीति गरेकी सुब्बाले अघिल्लो पटक साँसद हुँदा स्थानीय क्षेत्रमा बिकासका योजनाहरुमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् । काँग्रेसले हिजो निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचिमा सुब्बाको पनि नाम परेपछि उनि साँसद बनेकी हुन् ।



