दिपक घिमिरे/ईमेज: भैरहवा, पुस ९ । एलपी ग्यासको विकल्पमा नवलपरासीमा नेपालमै पहिलो पटक बायो ग्यास उद्योग स्थापना भएको छ ।

रुपन्देहीका दुई उद्यमीले स्थापना गरेको उद्योगबाट व्यावसायिक उत्पादनसमेत सुरु भएको छ ।

नेपालमा पटकपटक खाना पकाउने एलपी ग्यासको अभाव हुने गरेको छ । एलपी ग्यासको विकल्पका रुपमा नवलपरासीमा बायो ग्यास उद्योग स्थापना गरी उत्पादन सुरु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुपन्देहीका दुई युवकले वैकल्पिक उर्जाको रुपमा गोबर, कुखुराको सुली, उखुको खोस्टा, भान्साको जैविक फोहोर, हरियो पातलगायतका कच्चा पदार्थ प्रयोग गरी व्यवसायिक रुपमा बायो ग्यास उत्पादन सुरु गरेका हुन् ।

उद्योगीहरु सन्दिप अग्रवाल र अभिरत अग्रवालले २२ करोड रुपैयाँको लगानीमा चार हजार घनमिटर क्षमताको उद्योग स्थापना गरेका हुन् ।

रामग्राम नगरपालिका बनजरिया सुक्रौलीस्थित ईन्भीपावर इनर्जी एण्ड फर्टिलाईजर प्रा.लि.ले खाना पकाउने ग्यास उत्पान सुरु गरेको छ ।

यसले ऊर्जा अभाव तथा परनिर्भरतालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उद्योगका प्रबन्ध सञ्चालक सन्दित अग्रवालले जानकारी दिए ।

दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता भएको उद्योगबाट विद्युत्समेत उत्पादन गर्न सकिने अग्रवालले बताए ।

बायो ग्यासमा हिटिङ क्षमता समेत बढी हुने गरेको उद्योगका सञ्चालक अभिरत अग्रवालले बताए ।

संचालक अग्रवालले आफूहरु स्थापना गरेको उद्योग नेपालकै पहिलो ठूलो बायोग्यास कम्पनी भएको दाबी गरे ।

youth11

जर्मनी प्रविधिबाट निर्मित वायो ग्यांस उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यांस, विद्युत र २५ टन प्राङ्गारिक मल बनाउन सकिने बताइएको छ ।

उत्पादित वायो ग्यास हाल रुपन्देहीका दुई व्यवसायिक प्रतिष्ठान वामा तन्दुर्स र केपीएम चाईल्ड सेन्टरले प्रयास गरिरहेका छन् ।

कम्पनीले आगामी चार महिनाभित्रै घरायसी प्रयोजनका लागि व्यवसायिक बिक्रीवितरण सुरु गर्ने जनाएको छ ।

बायोग्यासको व्यवसायिक बिक्री वितरण सुरु भएपछि उपभोक्ताले प्रतिसिलिन्डर ९ सय रुपैयाँमा ग्यास उपभोग गर्न पाउने छन् । उद्योग स्थापनासँगै यहाँ ५० जनाले रोजगारी पाएका छन् । इमेज खबर बाट