गगन थापा, काँग्रेस युवा नेता एवं प्रतिनिधि सभा सदस्य

७० कटेका अभिभावक कांग्रेसले मौका पाउँदा सुशासन पनि कायम गर्न सकेन भन्ने आरोप पनि लागेको छ। अर्को कांग्रेसको महाधिवेशन भएको डेढ वर्ष मात्रै भएको छ। स्वभाविक रुपमा हाम्रो महाधिवेशन हुन अझै दुई वर्ष कुर्नुपर्छ। हिजो हामीले महाधिवेशन गर्दै गर्दा नेपाल एकात्मक थियो। अहिले व्यवस्था फेरिएको छ। कांग्रेसले राम्रै मत ल्याएको भए पनि तत्कालै अधिवेशनमा जानुपर्छ भन्ने धारणा मेरो हुने थियो। किनभने अहिले गाउँपालिकादेखि प्रान्तसम्ममा हाम्रो संरचना नै छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैले संघीयताअनुसार पार्टीको पुनर्संरचना हुनुपर्छ। महाधिवेशन पनि छिट्टै बोलाउनुपर्छ। त्यो बेला मेरो आग्रह हुने छ, विशेषगरी ७० काटेका पार्टीभित्रका नेताहरुले आफैँ घोषणा गरिदिनुहोस्। सक्नुहुन्छ भने अहिले नै घोषणा गरेर अब हामी पार्टीभित्र अभिभावकको भूमिका निर्वाह गर्छौ या हामी संरक्षणकको भूमिकामा देखिन्छौं भनिदिनुहोस्। उहाँहरुले पार्टी सभापति बन्ने, संसदीय दलको नेता बन्ने वा पार्टीको मुख्य नेता बन्ने काम जति गर्यौं गर्यौंँ, अब पुग्यो भन्नुपर्छ। उहाँहरुले अब नयाँ साथीहरु आउनुहोस् भन्न सक्नुपर्छ।

७० काटेका पार्टीभित्रका नेताहरुले आफैँ घोषणा गरिदिनुहोस्। सक्नुहुन्छ भने अहिले नै घोषणा गरेर अब हामी पार्टीभित्र अभिभावकको भूमिका निर्वाह गर्छौ या हामी संरक्षणकको भूमिकामा देखिन्छौं भनिदिनुहोस्।

साधारण सदस्यमै खुसी हुन सक्छु कसैले तपाई संसदीय दलको नेता बन्नुहोस् भनेका छन्। कसैले तपाईँ पार्टी सभापति बन्नुपर्यो भन्छन्। मेरो हकमा मलाई कुनै पनि पद चाहिन्न। न संसदीय दलको नेता चाहिएको हो, न त पार्टी साभापतिको पद नै। पार्टीको महामन्त्रीमा लड्दा महामन्त्रीका लागि योग्य छैनस् भनियो। त्यसपछि योबीचमा कुनै हल्ला गर्ने हक पनि राख्दिन मैले। म सांसद भएको छु। अर्को पाँच वर्षपछि चुनाव आउँछ। त्यतिञ्जेल कांग्रेसको साधारण वा क्रियाशील सदस्य भएर मेचीमहाकालीसम्मका गाउँगाउँमा गएर पार्टीको संगठन बनाउने चाहना छ। हामीलाई १७ लाख मत बढाउनु छ। हामीमात्र पार्टीलाई जरादेखि नै बलियो बनाउन चाहन्छौँ। त्यसैगरी पार्टीका पहिलो पुस्ताका नेताहरुलाई तपाईँहरु पनि छोड्दिनुहोस् भन्न खोजेको हो। उहाँहरु हटेपछि दोस्रो पुस्ताले काम गर्ने मौका पाउँछ। हैन भने अब अर्को चुनावमा जित हासिल गर्न कांग्रेसको पहिलो पुस्ताले दोस्रो पुस्तालाई काम गर्ने मौका दिनुपर्छ। हारेपछि राजिनामा दिएर अरुलाई काम गर्ने मौका दिने चलन अन्तर्राष्ट्रियस्तरमा छ। त्यो नेपालमा पनि कार्यान्वयन होस् भन्ने चाहना मेरो हो। देशसञ्चारबाट