दक्षिण कोरियामा कार्यरत आप्रवाशी कामदारले सार्वजानिक अस्पतालमा जुनसुकै प्रकारको उपचार गराउँदा अब २० प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ । हाल स्वास्थ सेवा निशुल्क छ र यहि डिसेम्बरसम्म निशुल्कै रहने छ । अर्को वर्ष जनवरीदेखि अर्थात 2018 देखि यो नियम लागुहुने स्वास्थ मन्त्रालयले जनाएको छ । नयाँ नियमअनुसार आप्रवाशी कामदारले उपचार गराउनुपर्दा २० प्रतिशत र सरकारले ८० प्रतिशत खर्च व्यहेर्ने छ । भने कोरियन नागरिकले ३० प्रतिशत शुल्क तिर्नुपर्ने छ ।

कोरिया सरकारले आप्रवाशी कामदारका लागि ‘सपोर्ट सिस्टम’ अन्र्तगत सन् २००५ देखि सार्वजानिक अस्पतालमा निशुल्क चिकित्सासेवा दिदैं आएको थियो । जसमा लागि वार्षिक ३ अर्व छुट्टाउने गरेको थियो । यसरी निशुल्क सेवा दिदाँ सरकारमाथि भार परेको भन्दै शुल्क राखिएको मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिण कोरियामा औधोगिक दुर्घटना बढ्दो छ । पछिल्लो समय आप्रवाशी अदक्ष कामदारहरुको संख्या वृद्धिसंगै ठूलो संख्यामा मानविय क्षति हुने गरेको छ ।कतिपय कामदारले कम्पनी दुर्घटनामा ज्यान गुमाएका छन् भने कतिपयले अङ्ग गुमाएका छन् । जसमा मुलवासीको दाँजोमा इपिएसमार्फत आएका आप्रवाशी कामदार बढि छन् ।

कम्पनीमा काम गर्दा अपनाउनुपर्ने र लगाउनुपर्ने सुरक्षाका सामग्रीहरु (सेफ्टी हेलमेट, सेफ्टी ग्लाँस, सेफ्टी जुत्ता लगायत) को उचित प्रयोग नहुदा कम्पनी व्यवस्थापनको लार्पवाहिका कारण यस्ता घटना घट्ने गरेका छन् । यो पनि पढ्नुहोस !!

ए आफन्त ज्यु – कोरिया मा ल्यापटप र मोबाइल फल्ने रुख छैन

पछिल्लो केहि बर्ष यता नेपालका युवाहरुमा सपनालाइ साकार गरिन मात्र नभै सपना नै बिदेश जाने रहेको तथ्यांक सर्वविदितै छ र बिदेशिनेहरुको लहरै चलेको देख्न सकिन्छ।

गरिबि र बेरोजगारिको शिकार भएका मध्यम र न्युन जिवन स्तरका परिवारबाट युवाहरुको बैदेशिक रोजगार मोह र तेस्को आकर्षक गन्तब्यको रुपमा देखिएको दक्षिण कोरिया जहॉ इपिएस (इन्ट्रि पर्मिट सिस्टम ) कोरियन भाषा परिक्षा उतिर्ण गरेर कोरियन रोजगार दाताले श्रम सम्झौता पठाइदिएपछि र सम्पुर्ण आवश्यक कागजात र प्रकृयाहरु पुरा गरेपछि सजिलै कोरियामा रोजगारिको लागि अनुमति पाइन्छ।

नेपालबाट बिस्लेशण गरिएको , सपना सजाइएको र कल्पना गरिएको कोरिया र वास्तविक कोरियामा केहि मेल खाने गर्छ भने धेरै अमेल ।

सजिलो काम भए गर्छु नत्र कम्पनि चेन्ज गर्छु र सजिलोमा सर्छु , मैले भनेको जस्तो काम र साहु भयो भने काम गर्छु नत्र विकल्प रोज्छु भन्ने कुराहरु पनि कयौँ युवाहरुको मुखबाट मैले नै सुनेको छु ।

यहॉको वास्तविकता फरकै हुने गर्दछ यहॉको बोल्ने शैलि र साहुहरु तथा कर्मचारिले गर्ने ब्यवहार अपवाद बाहेक नेपालमा सोचेभन्दा भिन्नै र कडा हुनेगर्दछ ।यहॉको कानुन मजदुरको पक्षमा नभै रोजगारदाताहरुको पक्षमा बलियो छ।

(साहु या कम्पनिले चाहेमा मात्र लेटर दिएपछि अन्यत्र काम खोजेर जान सकिन्छ नत्र कम्पनि सर्छु भन्ने साथिहरुलाइ साहु र कम्पनि बाट महिनौ मानसिक टर्चर हुनेगरेको काम पनि नदिने काम नगरे तलब पनि मआउने र लेटर नदिदॉ सम्म सर्न पनि नसकिने समस्याहरु मैले धेरै देखेको छु )।

समयको ब्यवस्थापनमा यति कठिनाइहरु छन कि भनेर साध्य छैन बिहान ८ बजेबाट काम शुरु हुन्छ तर ६-६:३० सम्म उठि सक्नु पर्दछ। सिक्ताङ(रेस्टुरेन्टमा) लाइन बस्नुपर्यो , खाजा खानुपर्यो अनि उता कम्पनिमा पनि काम शुरु हुने समयभन्दा कम्तिमा आधा घन्टा अगाडि पुग्नुपर्यो नत्र किचकिच र टर्चर झेल्नुपर्यो ।

गोरुझैँ मेहेनत साथ जोतिएर काम गर्यो सानो गल्ति हुँदा पनि किचकिच , अलि बिस्तारै गरेको त देखि सहदैनन (यहॉ प्राय: प्रयोग गर्ने शब्द (पाल्लि२ ) हे सेक्या छिटो२ गर न अपवाद बाहेक ) सोमबार देखि शुक्रबार काम दिएर शनिबार र आईतबार सुताउन पनि पायो तर धेरै काम चल्दा म काम गर्न सक्दिन रेस्ट गर्छु भन्दा फेरि गालि र किचकिच सुन्नुपर्यो (अपवाद बाहेक) प्रत्यक २ घन्टामा १० मिनेटको रेस्ट टाइम हुन्छ त्यो पनि (हेल्मेट , मास्क,पन्जा आदि फुकाल्दै र लगॉउदैमा ठिक्क हुन्छ ।

यिनै२ कारणले कयौँ साथिहरु मानसिक रुपले अस्वस्थ हुने , डिप्रेसन सम्म जाने र कतिले त कुनै न कुनै समस्यापछि आत्महत्या सम्म रोजेका घटनाहरु सम्झीँदा पनि आङ सिरिङ् हुन्छ सबै पक्षले समस्या र भावना बुझिदिने भए कति जाति हुन्थ्यो होला है ?

डिउटि टाइम मोबाइल लकरमा हुनेगर्छ र तेहि दश मिनेटको भित्रमा अनलाइन देखियो भने म्यासेजको ओइरो हुन्छ म्यासेन्जर होस या भाइबर र वाट्सअप देखि टुइटरको डिएमको त कुरै नगरम र अक्सर आफन्त , परिवारजन र साथिहरुको म्यासेजमा देखिन पाइने शब्दहरु हुन्छन (त्यो लेटेस्ट मोबाइल छ नि आईफोन 6+s अनि नोट7 ग्याल्याक्सि s7 पठाइदेउन यार पठाइदिनु ल दादा , पठाउ है भाइ , एउटा राम्रो ब्रान्डको ल्यापटप चाहियो मामा , दादा, काका मलाइ , यस्तै२ भाव बोकेका म्यासेजहरु अनि मलाइ १ लाख रुपैया चाहिएको छ यार साथि , ब्रो , दादा ५० हजार पठाइदिनु त अर्जेन्ट छ के मलाइ , १.५ लाख रुपाया पठाइदिनु त त दा स्कुटि चाहियो मलाइ , अनि पर्दैन २० हजारले त मलाइ मोबाइलको रिचार्ज गर्नै भ्याइदैन यस्तै२ सुन्दा लाग्छ कि , (#मोबाइल_ल्यापटपहरुको_र_पैसा_फल्ने_रुख_पालेर_बसेका_छौँ )

तर जब आमा सँग बोल्न पाइन्छ तब मात्र खुशिको असलि अनुभव गर्न पाइन्छ ।(छोरा सन्चै छस ? खाना खाइस ?,खाना रुच्छ कि नॉइ ? , आराम गरेस है पैसाको पछि मात्र नदगुरेस स्वास्थ्यको पनि ख्याल गरेस , समयमा खाना खाएस , आराम गरेस , समयमै सुतेस यस्तै२ जहॉ निस्वार्थ मायाको वास्तविक आभाष गर्न पाइन्छ र कहिलेकॉहि बहिनिहरुले पनि दादा खाना चॉहि टन्न खानु ल स्वास्थ्यको राम्रो ख्याल गर्नु ल ) बस तेहि हो खुशि हुने आधार त }

बाध्यता , बिवशता, समस्या र कठिनाहरु सँग सामना गर्दै हिम्मत र स्वाभिमान अनि कर्तब्यनिस्ठ र इमानदारि साथ अगाडि बढ्नु नै जिन्दगि हो भनेर बुझ्न सकियो र हौसला र हिम्मतका साथ आफ्नै बलबुतामा हिड्न सकियो भनेमात्र सहज लाग्दो रहेछ जिन्दगि अन्यथा प्रवाश आफैमा कारावास हो धन्यवाद।

राम दत्त जोशि, दक्षिण कोरिया लेखक :कोरियाको तेस्रो ठुलो पानिजहाज कम्पनि ह्युन्डाइ साम्हो ह्याभि इन्डिस्ट्रिज लिमिटेड छल्लानाम्दो नामक बहुराष्ट्रिय कम्पनिमा कार्यरत इपिएस कामदार हुन। झलारि-पिपलाडि न.पा.१ बन्साहा कंचनपुर राम दत्त जोशि (एक सक्रिय सामाजिक कार्यकर्ता हुन)

खबर चौतारी ड्ट नेट बाट सभार