जापानको सेन्दाईमा बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, उक्त बसमा सवार एक जापानी महिलाको मृत्यु भएको छ भने उक्त बसका चालक एक पुरुष गम्भीर घाइते भएका छन्।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। दुर्घटना भएको उक्त बसमा चालक दलका सदस्य सहित ४० जना सवार थिए।