#

प्रवास

युएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उड्यो, यात्रुको कोरोना जाँच भएन

कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एकसय ५७ जना नेपाली नेपाल उडेका छन्। एअर अरबियाको जी नाइन १७५१ मार्फत इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना र अन्य ११ जना नेपालीसहित एकसय ५७ जना स्थानिय समय १२:०३ मा युएईको शारहजाबाट उडेको हो। सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर

तपाई साउदीमा हुनुहुन्छ ? तत्काल स्वदेश फर्कनुपर्ने भए यी विवरण उपलब्ध गराउनुहोस्

साउदी / साउदीमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन साउदीस्थित नेपाली दूताबासले अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक भएको भन्दै इमेल र फोनमार्फत विवरण टिपाउन अनुरोध गरिएको दूतावासले जनाएको छ । स्वदेश फर्कनका लागि बहिर्गमन भिसा लागेका,

बहराइनमा कोरोना संक्रमित नेपालीद्वारा आ*त्मह*त्या

बहराइन / बहराइनमा एक कोरोना संक्रमित नेपालीले आ*त्मह*त्या गरेका छन्। ताप्लेजुङका ३८ वर्षीय पुरुषले क्वारेन्टाइनको बाथरुमको झुन्डिएर आ*त्मह*त्या गरेको बहराइनस्थित नेपाली दूतावसले जनाएको छ । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड मेन्टिनेन्स कम्पनीमा काम गर्थे भने घटनाको पूर्ण विवरण आउन बाँकी रहेको दूताबासले जनाएको छ । बहराइनमा अहिलेसम्म ३ सय ३१ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपनि अहिलेसम्म

कोरोना भाइरसबाट मलेसियामा ८१ नेपाली संक्रमित

क्वलालम्पुर । मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ८१ पुगेको छ ।मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसियामा हालसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् ।मलेसियामा सबैभन्दा बढी सुरक्षा गार्डहरुमा संक्रमण पुष्टि भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ६ सय २९ जनामा

मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो

काठमाण्डौ – मलेसियामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र योसँगै सङ्क्रमित नेपालीको सङ्ख्या मलेसियामा ६७ पुगेको मलेसियामा रहेको नेपाली दूतावासमा द्वितीय सचिव महेश त्रिपाठीले उज्यालोलाई जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ

त्रासै-त्रासमा अमेरिकामा नेपाली

वासिङ्टन डिसी, १३ जेठ । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन नसक्दा नेपालीमा आफ्नो काम र व्यवसायको भविष्यका कारण चिन्ता बढेको हो । लामो समयदेखि कायम रहेको कोभिडको महामारीको अन्त्य अनिश्चित देखिनु र दिनहुँ मानिसको मृत्यु भइरहँदा

यूएईले भिसाको म्याद सकिएका सबैको जरिवाना माफ गरिदिने, तीन महिनाभित्र यूएई छाड्नुपर्ने

काठमाण्डौ – यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ । यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश

दक्षिण कोरियामा ५ लाखको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

काठमाडाैं, १ जेठ । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्क अनुसार गएकाे महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो । यसरी रोजगारी गुमाउनेमा अधिकांश

एनआरएन युकेद्वारा कोरोना संक्रमित नेपालीहरुको तथ्याङ्क सार्वजनिक

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ । अप्रिल १३ तारिखसम्मको तथ्याङ्क अनुसार हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको छ । जसमध्ये ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणका कारण १ सय १५ जना अस्पताल भर्ना

बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन्