साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम बढिरहेको छ।

नेपाली दूतावासका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या ११ हजारभन्दा बढी रहेको छ। सेवा सुविधा र तलवको लोभमा परी साउदीको कानुन विपरित काम गर्दा जेल सजाय हुनेको संख्या पनि ३ सय ४६ रहेको छ।

१८ महिनाअघि अगाडि साउदी पुगेका काभ्रेका रोहन साथीहरूको कुरामा लागेर र धेरै सेवा सुविधा र तलबको आशमा कार्यरत कम्पनीबाट बिनाजानकारी भागेर अवैधानिक रुपमा काम गर्न पुगे।

तर, अहिले उनी अलपत्र आवस्थामा छन। उनी भन्छन्, ‘अहिले मसँग खाने बस्ने तथा नेपाल जाने रकमसमेत छैन।’ उनले कार्यरत कम्पनीमा काम गर्दा सम्झौताअनुसार १५ सय रियाल प्रतिमहिना पाउँथे।

तर, साथीभाइको कुरामा लागि २५ सय रियालभन्दा बढी कमाउने आशमा कार्यरत कम्पनीबाट भाग्दा अहिले अलपत्र छन्। साथै, पहिला कार्यरत कम्पनीले समेत जरिवाना र चोरी केसमा मुद्दा हालेको छ।

त्यस्तै, पर्वतका विशालले दुई वर्ष पहिला साउदीको एक रेस्टुरेन्ट कार्यरत रहँदा नेपाली साथीभाइको कुरा सुनेर कम्पनी छोडेर भागेको र अहिले अलपत्र परेका सुनाए।

उनी भन्छन्, ‘धेरै कमाउने आशामा साथीको कुरा सुनेर अवैधानिक रुपमा साउदीको कानुन अनुसार मदिरा (रक्सी) बनाउने र बेच्ने काममा लाग्दा अहिले आफू जेलमा रहेको र स्वदेश फिर्ताको पर्खाइमा रहेको बताए।

धेरै लोभ र लालचले गर्दा आज साउदीको जेलमा जीवन बिताउन बाध्य रहेको र उनीसँगै काम गर्ने अरू १३ जना नेपालीलाईसमेत अवैधानिक रुपमा काम गरेको र साउदीको नियमविपरीत मदिरा बनाउने र बेचेको आरोपमा पक्राउ गरी जेल चलान गरेको बताए।

जेलमा रहेका ओखलढुंगाका रमण भन्छन्, ‘१६ महिना पहिला साथीभाइसँग रमाइलो गर्न साथीको कोठामा १०–१२ जना जम्मा भएका थियौं। मदिरा पिउने सिलसिलामा साथीभाइबीच झगडा पर्‍यो। पुलिस पनि तत्काल आएर समातेर लग्यो।

हामी जेल परेको खबर कम्पनीलाई दिएलगत्तै कम्पनीले पनि यहाँको नियम कानुनविरुद्ध काम गरेको भन्दै उल्टो हामीलाई कम्पनीबाट सामान चोरी गरेको भनेर जरिवाना स्वरुप १० हजार रियालसहित केस हालिदियो। अदालतले पनि दोसी करार दिम्दै जेल चलान गर्‍यो।’ अहिले उनीहरू दूतावासको सहयोगमा स्वदेश फिर्ताको पर्खाइमा छन्।

धनगढीका विकासका अनुसार ३ वर्षअघि साउदीको अल हबिद कम्पनीमा ड्राईभर भिषामा आएको थिए। तर, बीचैमा साथीभाइको कुरामा लागेर कार्यरत कम्पनीभन्दा दुई गुणा बढी पैसा कमाउने आशले कम्पनी छोड्दा अहिले आफू अलपत्र परेका छन्।

उनी भन्छन्, ‘पुरानो कम्पनीमा कार्य गर्दा महिनाको बचत गरि घरमा पैसा पठाउथेँ, तर लोभमा परेर कम्पनी छोडेँ, सुरुमा त राम्रो कमाएँ पनि तर पछि थाहा भयो की भागेर काम गर्दा साउदीको नियम र कानुन अनुसार अबैधानिक बनिने रहेछ।’ पछि कम्पनीले चोरी गरेको र साथीभाइलाई भगाएको भनि २० हजार साउदी रियाल जरिवाना गरी केस दर्ता गरेको बताए।

साउदीको एक जेलमा रहेकी ९ महिनाअगाडि साउदी आइपुगेकी कैलालीकी कान्छीमाया तामाङ भन्छिन्, ‘कुवेत हुँदै साउदीको घरमा काम गर्न आइपुगे। साउदीको घरमा काम गर्दा महिनाको ३०–४० हजार नेपाली रुपैयाँ बचत हुन्थ्यो। साथीभाइको कुरामा लागेर अझै धेरै कमाउने आशामा काम छोडेर भागेँ। सुरुमा राम्रो कमाई भयो र खुसी भएँ। एकदिन नचिनेको नम्बरबाट फोन आयो, रक्सीको अर्डर आयो, लोकेसन पठाएँ। ती साउदीका सिआईडी रहेछन् । मसँगै अन्य साथीलाई समातेर लग्यो। अहिले मसँगै अन्य २० जना नेपाली जेल चलान भएका छौं।’

मनाङका काले तामाङ ३ वर्षपछि घर फर्कने क्रममा एयरपोर्टमा एक नेपाली साथी भेट भयो। उनले १० ग्राम काँचो सुन लगेबापत १०–१५ हजार नेपाली रुपैयाँ दिने कुरा सुनाए। आफूलाई पनि खर्च हुने आशमा सुन बोकी नेपालका लागि उडेँ। उनी भन्छन्, ‘एअरपोर्टमामा पुगेपछि छानबिन गर्दा म समातिएँ, नेपालमा काँचो सुन लानु गैरकानुनी रहेछ। सम्बन्धित व्यक्तिले दिएको नम्बरमा फोन गरेँ, तर उठेन र सुन भन्सार विभागले जफत गर्‍यो।’ तर सुन पठाउने व्यक्ति सम्पर्कविहिन रहेको बताए।

नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा सन् २०२२ भित्र ३४ सय ९३ एक्जिट भिसा प्राप्त गरी सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah