अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी खारेज गरेर ल्याउन चाहेको प्रणालीबाट प्वाइन्ट सिस्टमका आधारमा योग्य १ लाख ४० हजारले बर्षेनी ग्रिनकार्ड प्राप्त गर्नेछन् । तर त्यो प्रणाली लागु हुनका लागि सदनबाट विधेयक पारित हुन जरुरी छ । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा रोजगारमा आधारित अन्य ग्रिनकार्ड प्रणाली विस्थापित हुनेछ ।
विधयेक पारित भिमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् ।
निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । युएससीआईएसले त्यस्तो आवेदनका लागि आब्हान गर्नेछ ।
योग्यताको आधारमा ग्रिनकार्ड दिने विधयेक पारित भएमा हरेक बर्ष १ लाख ४० हजारसम्म आप्रवासीहरुले प्वाइन्ट सिस्टमबाट ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । कुल ३० प्वाइन्ट पुर्याउने आवेदकहरु यसका लागि आवेदन दिन योग्य हुनेछन् ।
यसरी गरिनेछ प्वाइन्टको हिसाब उमेर
१८ देखि २१ बर्ष : ६ प्वाइन्ट २२ देखि २५ बर्ष : ८ प्वाइन्ट २६ देखि ३० बर्ष : १० प्वाइन्ट ३१ देखि ३५ बर्ष : ८ प्वाइन्ट ३६ देखि ४० बर्ष : ६ प्वाइन्ट ४१ देखि ४५ बर्ष : ४ प्वाइन्ट ४६ देखि ५० बर्ष : २ प्वाइन्ट
शिक्षा
अमेरिका वा विदेशी हाइस्कुल : १ प्वाइन्ट विदेशी ब्याचलर डिग्री : ५ प्वाइन्ट अमेरिकी ब्याचलर डिग्री : ६ प्वाइन्ट विदेशी मास्टर डिग्री : ७ प्वाइन्ट अमेरिकी मास्टर डिग्री : ८ प्वाइन्ट विदेशी पीचडी : १० प्वाइन्ट अमेरिकी पीएचडी : १३ प्वाइन्ट
अँग्रेजी भाषा योग्यता
६ देखि ७ को लाइनमा स्कोर : ६ प्वाइन्ट ८ को लाइनमा स्कोर : १० प्वाइन्ट ९ को लाइनमा स्कोर : ११ प्वाइन्ट १० को लाइनमा स्कोर : १२ प्वाइन्ट
अन्य उपलब्धी
नोबल र अन्य त्यो स्तरका पुरस्कार: २५ प्वाइन्ट ओलम्पिक मेडल वा अन्य अन्तर्राष्ट्रिय खेलमा पहिलो पुरस्कार : १५ प्वाइन्ट
जागिरको अफर
अमेरिकाको मध्यम आयभन्दा १५० प्रतिशतदेखि २०० प्रतिशतसम्म धेरै तलब तलब : ५ प्वाइन्ट
२०० प्रतिशतदेखि ३०० सम्म : ८ प्वाइन्ट
३०० प्रतिशतभन्दा माथि : १३ प्वाइन्ट
(सन् २०१४ को तथ्यांक अनुशार अमेरिकाको मध्यम पारिवारिक आम्दानी ५१ हजार ९३९ डलर रहेको छ । )
लगानी
१३ लाख ५० हजार अमेरिकी डलर लगानी : ६ प्वाइन्ट १८ लाख अमेरिकी डलर लगानी : १२ प्वाइन्ट
त्यस्तै ब्याचलरभन्दा माथिको डिग्री नगरेका र कामको अफर नपाएकाहरु आवेदनका लागि स्वत अयोग्य हुनेछन् ।
साभार खसोखासबाट









