‘मुर्खहरुको कारणले मलाई तल माथि केही भएमा बस एउटै मात्रै कुराको खेद हुनेछ, मैले राख्न लागेका विश्व रेकर्डहरु पुरा हुनेछैन ।’

विष्णुप्रसाद पोखरेल/दमक

तेज स्मरणशक्ति भएका विश्वकिर्तीमानी युवा अर्पण शर्मा कट्टेलले आफू र आफ्नो परिवारलाइ मानसिक यातना दिने काम भएकाले यो बर्ष नयाँ अर्को विश्व किर्तिमान राख्न आफू असमर्थ भएको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक मिनेटमा ४२ वटा वस्तु चिनेर सन् २०१४ सेप्टेम्बर २६ तारिखका दिन विश्व रेकर्ड राखेका उनले नयाँ रेकर्ड राख्ने तयारी गरेका थिए । आफूले यो वर्ष १ लाख वटा नम्बर याद राख्ने र पानी मुनि सास बन्द गरेर दुइ बुक तास याद गर्ने विश्व रेकर्ड राखी नेपाललाई दिमागको क्षेत्रमा अझै राम्ररी चिनाउने योजना रहेको सुनाए ।

परिवार र आफूले अहिले धम्कि दिने कार्य भएकाले त्यो रोकिने अवस्था आएको दुखेसो शर्माले गरेकाछन् । शर्माले उनले भने–‘यस्तै कुराहरुले गर्दा यो किर्तिमान राख्न म यो बर्ष असमर्थ भए । तर आगामी वर्षहरुमा धेरै बौद्धिक विश्व रेकर्डहरु राखी नेपाललाई विश्व समुदायमा फरक किसिमले चिनाउनका लागि म लाग्ने छु ।’

उनले भने–‘३ महिना देखि केही व्यक्तिहरुले गुन्डागर्दी देखाउदै छन् । ३ महिना देखि मेरो परिवारलाई चरम मानसिक तनाव दिइरहेका छन ।’ उन अनुसार केहि ब्याक्तिहरुले आफ्ना कार्यक्रमहरु अवरोध गर्ने जनाउदै पाता फर्काउने भन्दै धम्कि दिएकाछन् ।

आफूले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमण्डौमा उजुरी समेत गरिसकेको शर्माले जनाए । आफूले सकेसम्म यो बिषय बाहिर ल्यान नखोजे पनि बाध्य भएर ल्याउनु परेको भन्दै उनले–‘मुर्खहरुको कारणले मलाई तल माथि केही भएमा बस एउटै मात्रै कुराको खेद हुनेछ, मैले राख्न लागेका विश्व रेकर्डहरु पुरा हुनेछैन ।’